logo

शेयर बजार निरन्तर ओरालो लाग्ने क्रम जारी, नेप्से परिसूचक ७.१७ अंकले घट्यो

    1020   पटक पढिएको

१४ फागुन /अर्थ र व्यापार - मंगलबार नेप्से परिसूचक ७.१७ अंकले घटेर ११०२.५६ बिन्दुमा झरेको छ । यस दिन १६५ कम्पनीको ६ लाख ५३ हजार २८ कित्ता शेयर १६ करोड ५६ लाख रुपैयाँमा खरिद बिक्री भयो । यो सोमबारको तुलनामा थोरै हो । सोमबार १६६ कम्पनीको ७ लाख २० हजार ८४५ कित्ता शेयर २० करोड ३८ लाख रुपैयाँमा खरिद बिक्री भएको थियो ।

मंगलबार कारोबारमा आएका १० उपसमूहका सूचक घटेका छन् । जस मध्ये र्निजीवन बीमा समूहको सूचक सबै भन्दा धेरै अर्थात ४५.०२ अंकले घटेको छ । जीवन बीमा ३१.२४, होटल २६.९४, लघुवित्त १४.३३, अन्य ७.७६, जलविद्युत ६.४७, बैंकिङ्ग ४.६ र वित्त समूहको सूचक २.६६ अंकले घट्यो । यस दिन कारोबार रकमको आधारमा माथिल्लो तामाकोशीको सबै भन्दा धेरै अर्थात ३४ हजार १२२ कित्ता शेयर ७५ लाख ९७ हजार रुपैयाँमा किनबेच भयो । संख्याको आधारमा जनता बैंको संस्थापक शेयर ५५ हजार १५१ कित्ता ५५ लाख ७० हजार रुपैयाँमा खरिद बिक्री भयो । मंगलबार नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबै भन्दा धेरै अर्थात ३.३३ प्रतिशतले बढेको छ भने पुर्णिमा विकास बैंकको २.६७ प्रतिशतले बढ्यो ।

उता जोशि हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै अर्थात ७.८ प्रतिशतले घटेको छ । नाडेप लघुवित्त, हिमालयन डिस्टिलरी, स्वदेशि लघुवित्त, एशियन लाईफ इस्योरेन्स, र्मि्मिरे लघुवित्त, समिट माईक्रोफाइनान्स, एनएमबि माइक्रोफाइनान्स, सर्पोट माइक्रोफाइनान्स र नविल बैंकको शेयर मूल्य तीन प्रतिशत भन्दा धेरैले संकुचन भयो ।

 

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।