logo

बुधवार सेयर बजार २.३९ अंकले घटेर १६४०.६४ विन्दुमा

    1277   पटक पढिएको


१९ कात्तिक/अर्थ र व्यापार– बुधवार उतारचढावपुर्ण देखिएको सेयर बजार २.३९ अंकले घटेर १६४०.६४ विन्दुमा बन्द भएको छ । 

बुधवार कारोबार रकम पनि घटेको छ । आइतवार २ अर्व ९३ करोडको कारोबार भएको थियो भने मंगलवार २ अर्व ४५ करोडको सेयर कारोबार भएको थियो । बुधवार मंगलवारको तुलनामा घटेर १ अर्व ७५ करोड ७४ लाख बराबरको सेयर कारोबार भएको छ ।

आज हालसम्मकै सबैभन्दा बढी २०२ कम्पनीको ५६ लाख ३१ हजार ६०४ कित्ता सेयर कारोबार भएको छ ।  
बुधवार कारोबार भएका १२ उपसमुहको सुचकमा पाँच समुहको सुचक बाहेक अरुको घटेको छ । 

प्राइम कर्मशियल बैंकको सबैभन्दा बढी ९ करोड बराबरको सेयर कारोबार भएको छ । मुल्य बढ्नमा लगातार चार दिनदेखि बिशाल बजार कम्पनी रहेको छ । बुधवार पनि विशाल बजार र आजदेखि दोस्रो बजारमा कारोबार भएको सानिमा जनरल इन्स्योरेन्सको मुल्य सर्किट लेभलमा रहेको छ ।  

सेयर बाँडफाँट भएको एक वर्षपछि नेप्सेमा सुचिकृत भई कारोबारमा आएको शिवश्री हाइडोपावरको सेयर चारदिन लगातार बढेपछि पाँचौदिन घटेको छ । कम्पनीको मुल्य घटेर प्रतिकित्ता १६५ रुपैयाँ आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।