logo

मंगलबार ५ अंकले घट्यो सेयर बजार, साढे सात अर्ब रुपैयाँको कारोबार

    1012   पटक पढिएको

६ माघ/अर्थ र व्यापार– मंगलबार सेयर बजार ५ अंकले घटेर २३२६ बिन्दुमा बन्द भएको छ ।

दिनभर २०६ कम्पनीका एक करोड ६३ लाख कित्ता सेयर सात अर्ब ४६ करोड रुपैयाँमा किनबेच भएका छन् ।

सर्वाधिक कारोबार हुने कम्पनीमा भने नेपाल लाइफको करिब ९२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । प्रभु बैंकको ३५ करोड रुपैयाँको किनबेच हुँदा पुनर्बीमा कम्पनीको ३० करोड रुपैयाँको किनबेच भएको छ ।

त्यसैगरी नेपाल टेलिकमको २९ करोड रुपैयाँ र एचआइडीसीएलको २३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
अधिकांश उपसूचक रातो भएको बजारमा जीवन बीमा, फाइनान्स र व्यापार समूहको उप सूचक मात्रै हरियो भएका छन् । जीवन बीमा समूह ५३५ अंकले बढ्दा सबैभन्दा धेरै घट्नेमा भने निर्जीवन बीमा समूह १२४ अंकले घटेको छ ।

आज ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेपाल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, गुर्खाज फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलोपमेन्ट बैंक, जानकी फाइनान्स र प्रभु लाइफको सेयर मूल्य १० प्रतिशतले बढेको छ । भने नेपाल लाइफको सेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

६ कम्पनीको सेयर मूल्य स्थिर रहँदा ५५ वटा कम्पनीको मूल्य बढेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।