logo

उतारचढावका बीच ०.६५ अंकको सुधार, २१ करोड ८१ लाख रुपैयाँको कारोबार 

    1159   पटक पढिएको


१९ आषाढ÷अर्थ र व्यापार–  मंगलबार शेयर बजारमा झिनो सुधार आएको छ । केही उतारचढावका बीच ०.६५ अंकको सुधार भएर रोकिएको छ ।

कारोबार सुरु हुँदा सुस्त देखिएको बजार ४० मिनेटसम्ममा थोरै सुधार देखिएको थियो। थोरै सुधार पनि बजार थामिन नसक्दा १२ बजेर ४८ मिनेटसम्ममा ४.६६ अंकले गिरावट देखियो।

तर १ बजेर ३३ मिनेटमा बाउन्स ब्याक भएर २ बजेर २५ मिनेटसम्ममा ३.२ अंकको सुधार देखिए पनि अन्तिममा भने ०.०७ प्रतिशत सुधार सहित ११८०.३६ अंकमा रोकियो।

थोरै अंकले सुधार देखिएको बजारमा २१ करोड ८१ लाख रुपैयाँको कारोबार भयो। नेप्से सूचक सँगै बैंकिङ, होटल, फाइनान्स, उत्पादन तथा प्रशोधन र अन्य उपसूचकहरुमा सुधार देखिए पनि विकास बैंक, हाइड्रोपावर, बीमा र माइक्रोफाइनान्सको उपसूचक घटेका छन्।

सबैभन्दा धेरै सिद्धार्थ बैंकको प्रमोटर शेयर दुई करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ। एभरेष्ट बैंकसँग मर्जरको प्रकृयाँमा रहेको लक्ष्मी बैंकका शेयरधनीले सबैभन्दा धेरै ४.८४ प्रतिशतले कमाएका छन् भने सबै भन्दा धेरै गुमाएको रैराङ हाइड्रोपावरको कारोबारमै सर्किट लागेको छ । 

तपाईको प्रतिक्रिया

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।