logo

 लक्ष्मी लघुवित्तको ९० रुपैयाँको प्रतिसेयर आम्दानी ३७ रुपैयाँमा झर्यो,

    995   पटक पढिएको


कात्तिक १३ / अर्थ र व्यापार - लक्ष्मी लघुवित्तले प्रतिसेयर आम्दानी सन्तुलन गर्न नसकेको देखिएको हो । विभिन्न शिर्षकमा भएका खर्चको आकार बढेका कारण लघुवित्तको कमाई घटेको देखिएको हो । आम्दानीको अवस्था ठिकै हुँदा खर्चका कारण सञ्चालन मुनाफा प्रभावित बनेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले २ करोड १२ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २ करोड ४८ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

लघुवित्तको विभिन्न शिर्षकमा भएका आम्दानीको आकार राम्रो अवस्थामा छन् । तर खर्चको आकार धेरै बढे पछि उसको कमाई घट्दो अवस्थामा गएको हो । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ९० रुपैयाँ ४५ पैसा थियो । अहिले उसको प्रतिसेयर आम्दानी ३७ रुपैंया २० पैसा कायम भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मूल्य अम्दानी अनुपात २० गुणा बढी रहेको कम्पनीको अहिले ४३ गुणाभन्दा बढी छ । यो अवस्था लगानीकर्ताका लागि कति जोखिमयुक्त छ भनेर चनाखो हुनुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।