logo

नेप्से र ब्रोकरको यो वर्ष शेयरमा कमाइ घट्यो

    1711   पटक पढिएको

३० असार / अर्थ र व्यापार – आर्थिक वर्ष २०७३/७४ मा शेयर कारोबारबाट लगानीकर्ता, सरकार र नेपाल धितोपत्र बोर्डले गत बर्षको तुलनामा फाईदा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज(नेप्से) र ब्रोकरको कमाई अनुपात भने घटेको छ । 

यो बर्ष सबैभन्दा धेरै लगानीकर्ताले कमाए । लगानीकर्ताले नाफा गरेको तिरेको पूँजीगत लाभकरको आधारमा २८ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ कमाएका हुन् । बजारबाट लगानीकर्ताले अघिल्लो वर्ष २५ अर्ब रुपैयाँ कमाएका थिए । 

यो बर्ष शेयर बजारबाट सरकारले एक अर्ब ४३ करोड रुपैयाँ पूँजीगत लाभकर उठाएको छ । गत बर्ष एक अर्ब २६ करोड रुपैयाँ लाभकर संकलन भएको थियो । यस्तै नेपाल धितोपत्र बोर्ड कारोबार कमिसन बापत छ करोड १७ लाख रुपैयाँ प्राप्त गरेको छ । गत वर्ष बोर्डको आम्दानी चार करोड ३७ लाख रुपैयाँ थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कमाइ भने यो बर्ष घटेको छ । गत साउन देखि कारोबार कमिसन घटेपछि नेप्सेको कमाइ पनि घटेको हो । नेप्सेले चालुआर्थिक वर्षमा ४५ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको छ । गत बर्ष यहि अबधिमा नेप्सेले ६० करोड रुपैयाँ आर्जन गरेको थियो ।

कारोबार कमिसनदर घटेका कारण नेप्सेसँगै ब्रोकरको आम्दानीको ग्राफ पनि ओरालो लागेको छ । गत वर्ष ब्रोकरहरुले एक अर्ब ८२ करोड रुपैयाँ कमिसन पाएका थिए । उनीहरुले चालु आर्थिक बर्षमा एक अर्ब ५१ करोड  आर्जन गरेका हुन् ।

गएको आर्थिक बर्षको अन्तयमा बजार पूँजिकरण १८ खर्ब ९० अर्ब पुगेकोमा यस वर्ष १८ खर्ब ५६ अर्ब रुपैयाँमा खुम्चिएको छ । अघिल्लो बर्ष बढ्दो गतिमा रहेको बजार यो बर्ष घटेको कारण बजार पूँजीकरण तल आएको हो । गत आर्थिक बर्षको अन्तिक दिन १७१८.१५ अंकमा रहेको नेप्से सूचक अहिले १५८२.६७ अंकमा छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।