१२ असार/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएको छ । यसदिन सेयर बजार परिसूचक नेप्से ४.४५ अंकले घटेर २५ सय ९५.७४ विन्दु कायम भएको छ।
यस कारोबार रकममा भने सुधार देखिएको छ । बिहीबार ७ अर्ब ७८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । अघिल्लो दिन ५ अर्ब ७८ करोडको कारोबार भएको थियो ।
बिहीबार घटेको बजारमा खासगरी विकास बैंकका लगानीकर्ताले कमाएका छन्। ग्रिन डेभलपमेन्ट र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।
यसदिन १ सय ५५ वटा कम्पनीको सेयरमुल्य घटेको छ । यसदिन बुटवल पावर कम्पनीको सबैभन्दा धेरै ६२ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
तपाईको प्रतिक्रिया