१० असार/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर कारोबार परिसूचक नेप्से झिनो अंकले घटेको छ । ३ बजे बजार बन्द हुँदा १ अंकले बढेको नेप्से बजार बन्द भएपछिको १५ मिनेटको समयोजनबाट शून्य दशमलव २२ अंकले घटेर २६ सय दशमलज ५३ विन्दुमा ओर्लिएको हो ।
यसदिन कारोबारमा आएका मध्ये १ सय ७ वटा कम्पनीको सेयरमूल्य बढेको छ । १ सय ४२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार ६२ हजार ७५५ पटकको सेयर खरिदविक्रीबाट कुल ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन उत्पादन तथा प्रशोधन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष र बैकिङ उपसमूह बढ्यो भने बाँकी सबै उपसमूहहरू घट्यो । ओम मेगाश्री फर्मासिटिकल्सको सेयर मूल्य ८.०१ प्रतिशत , हिमालयन पावर पार्टनरको ७.८७ प्रतिशत, खानीखोला हाइड्रोपावरको ५.९५ प्रतिशत, पियोर इनर्जीको ५.८४ प्रतिशत र पाँचथर पावर कम्पनीको ४.८३ प्रतिशतले सेयर मूल्य बढेको छ ।
तपाईको प्रतिक्रिया