२ बैशाख/अर्थ र व्यापार – पियोर इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा आवेदन दिने २ वैशाख आज अन्तिम दिन रहेको हो ।
कम्पनीले गत २८ चैतदेखि आम सर्वसाधारणका लागि ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १६ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्काशन गरेर बाँडफाँट समेत गरिसकेको छ ।
पहिलो चरणको आईपीओ बाँडफाँटपछि बाँकी रहेको १२ लाख ९६ हजार कित्तामध्ये ७२ हजार कित्ता सामूहिक लगानी कोषको लागि र २८ हजार ८०० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।
यसरी अब बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरेको हो । इच्छुक लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
तपाईको प्रतिक्रिया