८ माघ/अर्थ र व्यापार – वैदेशिक रोजगारीमा रहेकालाई नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुलेको छ । कम्पनीले २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि निष्कासन गरेको हो ।
उनीहरूले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आगामी २२ माघसम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयर मार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ ।
इक्रा नेपालले यस कम्पनीलाई बीबी माइनस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनी आफ्नो दायित्व वहन गर्न मध्यमस्तरमा सुरक्षित रहेको जनाउँछ । गत असार मसान्तसम्मको वित्तीय विवरणअनुसार यस कम्पनीको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा छ भने प्रतिसेयर आम्दानी ५६ पैसा रहेको छ । ३० लाख ८८ हजार रुपैयाँ सञ्चित नाफा रहेको सो कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया