७ माघ/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसुचक नेप्से सामान्य अंकले बढेको छ । यसदिन कारोबारको सुरुवातिदेखि नै निकै उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ६ दशमलब ७८ अंकले बढेर २६ सय ७ दशमलब ९९विन्दुमा आइपुगेको छ ।
सोमबार कारोबारमा आएका ३ सय ११ वटा कम्पनीका १ करोड ३६ लाख ७७ हजार ९ सय ८३ वटाकित्ता सेयर खरिदविक्री भएको छ । यसदिन कुल ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार ८ सय ८६ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ६ अर्ब २५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
यसदिन कारोबारमा आएका मध्ये १ सय १८ वटा कम्पनीका सेयरमूल्य बढेको छ । १ सय १७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ८ वटा कम्पनीको सेयर मुल्य स्थिर रहेको छ ।
सोमबार फाइनान्स उपसमुहको सबैभन्दा धेरै २ दशमलब ५३ प्रतिशतले सेयर मुल्य घटेको छ भने अन्य उपसमुहमा २ दशमलब १३ प्रतिशतले बढेको छ । यसैगरी, होटल तथा पर्यटन उपसमुहको सुन्य दशमलब १२ प्रतिशत, लगानी उपसमुहको दशमलब ६० प्रतिशत, जीवन बीमा उपसमुहको सून्य दशमलब ०४ प्रतिशतले बढेको छ ।
यसैगरी, उत्पादन क्षेत्र उपसमुहको १ दशमलब ६८ प्रतिशत, निर्जीवन बीमा उपसमुहको सुन्य दशमलब २३ प्रतिशत र व्यापार उपसमूहको १ दशमलब ०६ प्रतिशतले सेयर मुल्य बढेको छ ।
मानुषी लघुवित्तको मूल्य ९.०५ प्रतिशत बढ्यो । रिभर फल्स पावरको ७.७, दोल्ती पावरको ७.४, मध्यभोटेकोशीको ५.८, बाराही हाइड्रोपावरको ५.७, हिमालयन पावर पार्टनरको ५.६ तथा नेपाल पुनर्बीमा कम्पनीको ४.८४ प्रतिशत मूल्य बढ्यो ।
त्यसैगरी, बैंकिङ उपसमुहको सुन्य दशमलब २० प्रतिशत, विकास बैंक उपसमुहको सुन्य दशमलब ६० प्रतिशत, हाइड्रोपावर उपसमुहको सुन्य दशमलब ०२ प्रतिशत र माइक्रोफाइनान्स उपसमुहको सुन्य दशमलब ०४ प्रतिशतले सयेर मुल्य घटेको छ ।
विन नेपाल लघुवित्त, सुपरमादी हाइड्रोपावर र भूगोल इनर्जीको सेयर मूल्य १० प्रतिशतले घट्यो । नेपाल फाइनान्सको ७ दशमलब १५ प्रतिशत, जानकी फाइनान्सको ६ दशमलब ९७ प्रतिशत, नारायणी डेभलपमेन्टको ५ दशमलब ९७ प्रतिशत, लुम्बिनी विकास बैंकको ४.५५ प्रतिशत मूल्य घट्यो ।
तपाईको प्रतिक्रिया