६ माघ/अर्थ र व्यापार– यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १२.५८ अंकले बढेर २६ सय १ दशमलब २१ विन्दुमा उक्लिएको छ ।
यसदिन १७१ वटा कम्पनीको सेयर मुल्य बढेको छ । ६८ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मुल्य स्थिर रहेको छ ।
अघिल्लो कारोबार दिन गत बिहीबार नेप्से ७ दशमलब ३३ अंकले घटेर २५ सय ८८ दशमलब ६२ विन्दुमा पुगेको थियो । अघिल्लो साता फाइनान्स उपसमुहको सेयर मुल्यमा उच्च गिरावट आएको थियो । यस साताको पहिलो कारोबार दिन आइतबार भने फाइनान्स उपसमुहको सेयर मुल्यपनि केही बढेको छ ।
यसैगरी, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन, लघुवित्त, निर्जीवन बीमा, बैंक, विकास बैंक र अन्य उपसमुहका सेयर मुल्य केही बढेका छन् । यसदिन होटल तथा पर्यटन उपसमुह र म्युचुअल फन्ड भने केही घटेका छन् ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार यसदिन ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६ सय २४ रुपैयाँ को सेयर कारोबार भएको छ ।
यसदिन बोटलर्स नेपाल बालाजुको सेयर मुल्य १० प्रतिशतले बढेको छ । यसैगरी, विन नेपाल लघुवित्तको ९.०९ प्रतिशत, सामलिङ पावर कम्पनी ७.४६ प्रतिशत, नेपाल रिपब्लिक मिडिया ७.३७ प्रतिशत र एनएमबी डिबेन्चरको ७.३५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
आइतबार सबैभन्दा धेरै सुपरमादी हाइड्रोपावरको सेयर मुल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । त्यस्तै, एनआईसी एसिया सेलेक्ट फन्ड ६.९३ प्रतिशत, रिभर फल्स पावर ६.४५ प ्रतिशत, ११ प्रतिशत केबीएल डिबेन्चर ५.२५ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको ४.४२ प्रशितले घटेको छ ।
तपाईको प्रतिक्रिया