२ माघ/अर्थ र व्यापार– यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से १.८३ अंकले बढेको छ । सो अंकको बृद्धिपछि नेप्से यसदिन २५ सय ९५ दशमलब ९६ अंक पुगेको छ । अघिल्लो कारोबार दिन सोमबार १५.५४ अंकले घटेर २५ सय ९४ दशमलब १३ विन्दुमा ओर्लिएको थियो ।
यसदिन विकास बैंक, होटल र जलविद्युत् क्षेत्रका उपसूचक बढे पनि बैंक, फाइनान्स लगायत क्षेत्र घटेको छ । जसकाकारण समग्रमा नेप्से झिंनो अंकले मात्र सकारात्मक देखिएको हो ।
बुधबार सेयर बजारमा ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको कारोबार भनदा यो रकम न्यन हो । अघिल्लो कारोबार दिन सोमबार ६ अर्ब ६५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।
यसदिन सबैभन्दा धेरै जलविद्युत् उपसमूह १.७६ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन क्षेत्र १.६३ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी सेयर मुल्य घट्ने उपसमुहमा भने फाइनान्स उपसूचक अगाडि देखिएको छ । फाइनान्स कम्पानीको सेयर मुल्य साढे ३ प्रतिशतले घटेको छ । यसदिन दोल्ती पावर र सुपर मादी जलविद्युत् कम्पनीको सेयर सकारात्मक सर्किटको स्तरमा कारोबार भए । त्यस्तै, न्यादी जलविद्युत्को सेयर भने १० प्रतिशतको नकारात्मक सर्किटमा कारोबार भएको छ । यसदिन पोखरा फाइनान्स, जानकी फाइनान्स, नेपाल फाइनान्स लगायत कम्पनीको सेयरमा पनि उच्च गिरावट आएको छ ।
कारोबारका हिसाबले यसदिन सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको साढे ३२ करोड रुपैयाँको कारोबार भएको छ । सुपर मादी हाइड्रोको करिब ३१ करोडको कारोबार भएको छ ।
तपाईको प्रतिक्रिया