logo

५ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

    177   पटक पढिएको


१७ पुस /अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५ दशमलब १० अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा सेयर बजार सून्य दशमलब १९ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ५ सय ८१ दशमलब ६० विन्दुमा उक्लिएको छ । अघिल्लो दुई कारोबार दिन दोहोरो अंकले घटेको नेप्से बुधबार सामान्य अंकले मात्र सुधार भएको छ ।
यसदिन कारोबारमा आएकामध्ये १ सय ५० वटा कम्पनीको सेयर मूल्य बढेको छ । ८८ वटाको सयेर मुल्य घट्यो भने बाँकी ४ वटा कम्पनीको स्थिर रहेको छ ।
बुधबार जम्मा ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार ३ सय ३४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन कुल ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो । यसदिन बैकिङ उपसमुह, जीवन बिमा उपसमुह, लघुवित्त उपसमुह, लगानी क्षेत्र र अन्य उपसमुह बाहेक अरु उपसमूहको सेयर परिसूचक घटेको छ । बाँकी उपसमूहको सेयर मुल्य बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।