logo

२६ महिनाकै उच्च बृद्धिसँगै सेयर बजारले २३०० अंक नाघ्यो, नेप्से ७०.१८ अंकले बढ्यो

    241   पटक पढिएको


१ साउन/अर्थ र व्यापार – विगत २६ महिनापछि सेयर बजारले २३०० अंक नाघेको छ । मंगलबार सेयर बजार २३१० अंकमा कायम भएको छ । अघिल्लो दिन सोमबारको तुलनामा मंगलबार नेप्से परिसूचक ७०.१८ अंक बढेको हो ।
कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ७३ करोडको कारोबार भएको थियो । कुल २ सय ३४ कम्पनीको मूल्य बढ्दा ८ वटाको घट्यो।
यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.४५ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ २.७५, विकास बैंक ४.९४, फाइनान्स १.८५, लगानी ३, होटल तथा पर्यटन ३.६३, जीवन बीमा २.९६, उत्पादन २.२३, माइक्रोफाइनान्स २.३०, निर्जीवन बीमा २.१२, अन्य २.१० तथा व्यापार समूह २.८८ प्रतिशत बढ्यो ।
यस दिन ९ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, मन्दाकिनी हाइड्रोपावर, सिकलेस हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, रिडी र अरुणभ्याली हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो ।
इङवा हाइड्रोपावरको मूल्य ९.७, अपी पावरको ९.६ प्रतिशत मूल्य बढ्यो । यस दिन मूल्य घट्नेमा धेरैजसो ऋणपत्र रहेका थिए । लगानीकर्तामा ऋणपत्र बेचेर सेयरमा लगानी गर्ने चाहना बढ्दा धेरै ऋणपत्रको मूल्य घट्न पुग्यो । एनआईबीएलडी २०८२, एलबीबीएलडी ८९, आईसीएफसीडी ८३, पीबीडी ८८ को मूल्य ९ देखि १० प्रतिशतसम्म घट्यो । माण्डु हाइड्रोपावरको ६.२ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा ङादी ग्रुप, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर, जानाकी फाइनान्स र अरुणभ्याली हाइड्रोपावर क्रमशः अगाडि रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।