logo

३.९७ अंकले घट्यो नेप्से, लघुवित्तबाहेक सबै घटे

    319   पटक पढिएको


२१ जेठ/अर्थ र व्यापार – आइतबार बढेको सेयर बजार पुनः ओरालो लागेको छ । सोमबार नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ को विन्दुमा झरेको छ।
माइक्रोफाइनान्स बाहेकका उपसमूहले बजार घटाएका हुन् । माइक्रोफाइनान्स उपसमूहको सूचक २.४३ प्रतिशतले वृद्धि भएको छ । उत्पादन तथा प्रशोधन उप समूहको सूचक सर्वाधिक १.०५ प्रतिशतले घटेको छ ।
कारोबारमा आएका ३ सय १६ मध्ये १ सय १० कम्पनीको सेयर मूल्य बढेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावरको सर्वाधिक ९.६६ प्रतिशत सेयर मुल्य बढेको छ।
यसदिन १ सय २९ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। एनआइबिएल स्टेबल फन्डका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले गुमाएका छन्।
सोमबार ४ अर्ब ४० लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक एनआरएन इन्फ्राइस्ट्रक्चर डेभलपमेन्टको १४ करोड ८५ लाख ९५ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
पोखरा फाइनान्सको १३ करोड ८६ लाख र ग्रीन भेञ्चर्सको १२ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।