२० जेठ/अर्थ र व्यापार – सेयरधनीका लागि नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ । कम्पनीको ३ सय ७६ औं बैठकले गत आर्थिक वर्षसम्मको संचित नाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
हाल ८ अर्ब २० करोड ६९ लाख ६६ हजार ५५४ रुपैयाँ चुक्ता पूँजी छ । कम्पनीको सो लाभांशमा १.०५ प्रतिशत बराबर कर प्रयोजनमा जाने कम्पनीले जनाएको छ ।
नेपाल बीमा प्राधिकरणबाट लाभांश स्वीकृत भएपछि तथा साधारणसभाबाट पारित भएपछि वितरण हुने सो कम्पनीले जनाएको छ । यसअघि कम्पनीले आर्थिक वर्ष २०७८÷७९ मा १५.७९ प्रतिशत नगद लाभांश दिएको थियो ।
तपाईको प्रतिक्रिया