३० वैशाख/अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सुझाव मागेको छ।
सेबोनले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधार, प्रभावकारी नियमन र सुपरिवेक्षणका लागि सरोकारवालासँग सुझाव मागेको हो।
आगामी १५ जेठभित्र सुझाव पेस गर्न सकिने सेबोनले जनाएको छ। सेबोन धितोपत्र बजार तथा वस्तु विनिमय बजारको नियामक संस्था हो।
तपाईको प्रतिक्रिया