logo

दोहोरो अंकले घट्यो सेयर बजार, नेप्से १५.३७ अंकले झरेर २०४८.५७ विन्दुमा

    352   पटक पढिएको


८ चैत/अर्थ र व्यापार – बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १५.३७ अंकले घटेर बजार २०४८.५७ को विन्दुमा आइपुगेको हो।
बिहीबार ट्रेडिङ बाहेकका सबै उपसमूहका लगानीकर्ताले गुमाएका छन्। कारोबारमा आएका ३१५ मध्ये १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४८ कम्पनीको बढेको छ।
दोहोरो अंकले घटेको बजारमा धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। बिहीबार धौलागिरीसहित सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
यसदिन १ करोड ८५ लाख कित्ता सेयर ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ। सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको १ अर्ब २१ करोड रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ।
बिहीबार बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।