logo

नयाँ स्टक ब्रोकर एसोसिएसनले नेप्सेका प्रमुखलाई बुझायो ज्ञापनपत्र

    1348   पटक पढिएको


१ असार/अर्थ र व्यापार – नयाँ स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधीले अर्थ समितिले नयाँ ब्रोकर लाईसेन्स रोक्न दिएको निर्देशन खारेज गर्न माग गर्दै नेपाल स्टक एक्चेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएको छ ।

एसोसिएसनले शुक्रबार नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कार्कीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । एसोसियसनले नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारिको लाईसेन्स सम्वन्धमा विभिन्न १६ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

एसोसियसनले बुझाएको ज्ञापनपत्रमा अर्थसमितिले सर्वोच्च अदालतको निणर्य र संसविधानको धारा १२८ लाई उल्लगन गरेको उल्लेख गर्दै ज्ञापनपत्रमा नेपालको पूँजिबजारमा भएको ठुलो प्रगतिलाई रोक्ने गरिएको पूर्वाग्रहपूर्ण निर्देशनलाई खारेज गर्नकालागि आफ्नो तर्फबाट आवस्यक पहल कदमी तथा सहजीकरण गर्न अनुरोध गरिएको छ ।

यसैगरि, अर्थसमितिले पूँजिबारमा सिमित व्यवसायीको सिण्डीकेटको निरन्तरता र बजारमा एकाधिकारको अवस्थालाई निरन्तरता दिने ढंगबाट जारि भएको यस्तो निर्देशनले पूनः एकपटक देसमा पूँजिबजारको विकास र विस्तारमा अवरोध सृर्जना गरेकोले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरेर सदस्यता तथा कारोबार व्यवस्थापन प्रणाली जडानकालागि आएका र आउने नयाँ धितोपत्र दलाल व्यवसायीको प्रक्रिया तथा कारोबार व्यवस्थापन प्रणाली जडानको कार्यलाई जतिसक्दो छिटो सूचारु गर्न अनुरोध गरिएको छ ।

त्यसैगरि, एसोसियसनले नेपाल धितोपत्र बोर्डमा पनि निवेदन दर्ता गराएको छ । नेप्सेले ब्रोकर लाइसेन्स प्रक्रिया रोकेको भन्दै सो प्रक्रिया नरोक्न निर्देशन दिनुपर्ने माग उनीहरुले बोर्डमा गरेका छन ।
लामो समयसम्म स्टक ब्रोकरको क्षेत्रमा पुरानै व्यवसायीको हालिमुहाली तथा रजाइँ हुने र नयाँ लगानीकर्ता छिर्न नपाउने गरी सिण्डिकेट हुनु राम्रो नभएको सम्बन्धीत ब्रोकर तथा सरोकारवालाहरुको भनाई छ ।
अर्थ समितिले गत सोमबार धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति प्रदान गरिएको सम्बन्धमा न्यूनतम् मापदण्ड पुरा गरे नगरेको विषयमा समितिले छानबिन गरी निष्कर्षमा नपुगेसम्म इजाजत सम्बन्धी सम्पूर्ण प्रक्रिया तत्काल स्थगन गर्न निर्देशन दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।