logo

सेयर बजारमा करेक्सन, साहस उर्जा सहित तीन कम्पनीमा लाग्यो सर्किट

    827   पटक पढिएको

१५ कात्तिक / अर्थ र व्यापार – गत साताको शुरुवातदेखि नै लगातार बढेको सेयर बजारमा सोमबार भने केही करेक्सन भएको छ । पछिल्लो समय दैनिक दोहोरो अंकले बढ्दै आएको नेप्से परिसूचक सोमबार भने दोहोरो अंकले घटेको छ ।
सोमबार बिहान कारोबारको शुरुवातमा उकालो लागेको शेयर बजारले केही समयपछि ओरालोको बाटो तय गरेको थियो । अन्ततः बजार बन्द हुँदा नेप्से परिसूचक १७.७५ अंकले घटेर २८१९.८७ बिन्दुमा सीमित भएको थियो ।
आइतबारको तुलनामा सोमबारको कारोबार रकम पनि घटेको छ । आइतबार ७ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार ७ अर्ब ७७ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको थियो ।
बजारमा २२६ कम्पनीको १ करोड ३४ लाख कित्ता सेयर किनबेच भएको थियो । जसमध्ये सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको उच्च कारोबार भएको थियो । बैंकको एकैदिन ३६ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कारोबारसँगै बैंकको सेयर मूल्य २७ रुपैयाँले बढेर प्रतिकित्ता ६९५ रुपैयाँ पुगेको थियो ।
यसैगरि, बढी कारोबार गर्नेको दोश्रो स्थानमा आरएमडीसी लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको एकैदिन ३६ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । दोहोरो अंकले घटेको बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको थियो । मानुषी लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत, साहस उर्जा र पाँचथर पावर कम्पनी दुबैको सेयर मूल्य ९.९८ र ९.९८ प्रतिशतले बढेको थियो । यी तीनको अन्तिम कारोबार क्रमशः ६५७, ४९० र ५१५ रुपैयाँमा भएको थियो ।
बजारमा सबैभन्दा बढी कामना सेवा विकास बैंकको सेयर मूल्य घटेको थियो । बैंकको सेयर मूल्य ६.७२ प्रतिशतले घटेर प्रतिकित्ता ६८० रुपैयाँमा झरेको थियो । सोमबार बैंकिङ्ग, होटल्स एण्ड टुरिजम र इन्भेष्टमेन्ट समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।