logo

बुद्धभूमिको आईपीओ बाँडफाँट,  ७४ हजार ४ सय जनाले पाए १० कित्ता सेयर 

    788   पटक पढिएको

२२ असोज / अर्थ र व्यापार – नुवाकोटको बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट गरिएको बाँडफाँटमा ७४ हजार ४ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । यस कम्पनीको आईपीओमा कुल २० लाख ३० हजार ९९५ जनाले आवेदन दिएका थिए । आवेदकमध्ये १६ हजार ३३ जनाको आवेदन रद्द भएको थियो । 
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो कम्पनीले ११ देखि १४ असोजसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । यसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहीक लगानी कोष र २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । 
आइपीओको नतिजा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको वेबसाइट र निष्कासनकर्ता कम्पनी बुद्धभूमि नेपालको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट आईपीओको नतिजा हेर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।