logo

चुनाव भइसकेका ३२ जिल्लामा २१ गते साँझ ५ बजेदेखि मतगणना हुने

    993   पटक पढिएको

   १७ मंसिर / अर्थ र व्यापार - मंसिर १० गते चुनाव भएका ३२ जिल्लामा २१ गते साँझ पाँच बजेपछि मतगणना सुरु हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा मतदानको समय सकिनासाथ पहिलो चरणमा चुनाव भएका ठाउँको मतगणना सुरु हुनेछ । १० गते चुनाव भएका हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र ७४ प्रदेश सभाका मतपेटिका अहिले जिल्ला सदरमुकाममा राखिएको छ ।

‘मतगणना गरिने स्थानमा राखिएकाले यताको समय सकिनासाथ मतगणना सुरु हुन्छ,’ ढकालले भने, ‘त्यसका लागि आयोगले सबै तयारी गरिसकेको छ ।’ सदरमुकाममा राखिएका मतपेटिकाको सुरक्षामा सरकारले तीन तहको सुरक्षा व्यवस्था गरेको छ भने दलका प्रतिनिधि पनि पालैपालो निगरानी गरिरहेका छन् । ढकालले साता दिनभित्र प्रत्यक्षतर्फको सबै मतपरिणाम आइसक्ने बताए ।

‘समानुपातिकका लागि केही समय लाग्छ, प्रत्यक्षको परिणाम भने हप्ता दिनभित्र आइसक्छ,’उनले भने । दुई चरणमा गरी यसपालि १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा सदस्यका लागि चुनाव हुँदै छ ।

 
    

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।