logo

संसद पुनस्र्थापनाको माग गर्दै पाँच विद्यार्थी संगठनले देशैभर प्रदर्शन गर्ने 

    1176   पटक पढिएको


१४ असार/अर्थ र व्यापार– पाँच विद्याथी संगठनले संसद पुनस्र्थापनाको माग गर्दै असार १६ गते देशैभर संयुक्त प्रदर्शन गर्ने भएका छन् ।  

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्वयू, समाजवादी विद्यार्थी यूनियन र अखिल छैटौं सहितका पाँच विद्यार्थी संगठनको आज बसेको बैठकले असार १६ गते देशैभर संयुक्त प्रदर्शन गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत् जनाइएको छ । 

विज्ञप्तिमा पाँच विद्यार्थी संगठनले सर्वोच्च अदालतले विधिको शासन र संसदबाट सरकार निर्माण गर्ने अधिकारलाई सुरक्षित गर्न संसदको पुनःस्थापना गर्ने विश्वास रहेको उल्लेख छ ।

विज्ञप्ति मार्फत पाँच विद्यार्थी संगठनले महामारीको समयमा पटक–पटक पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धी, कालावजारी र कोभिड बिरुद्धको स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टचार तथा अनियमितता प्रति पनि सरकारको ध्यानकर्षण गराएको छ ।

साथै, लकडाउन अवधिको सम्पूर्ण शुल्क राज्यले बहन गर्न तथा निजी शैक्षिक संस्थालाई मनपरी शुल्क अशुल नगर्न चेतावनी समेत दिएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।