logo

सशस्त्र प्रहरीका दुई जवान घुससहित पक्राउ

    1962   पटक पढिएको


१४ चैत /अर्थ र व्यापार- इनरुवा– सुुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका–३ कप्तान्गञ्जबाट मंगलबार साँझ दुई सशस्त्र प्रहरी जवान घुस रकमसहित पक्राउ परेका छन् । 

अख्तियार दुरुयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरी शाखाका प्रहरी उपरीक्षक किशोरसिंह थापाको नेतृत्वमा खटिएको टोलीले घुस रकम रु २५ हजारसहित सशस्त्र प्रहरी जवान नवीन खड्का र ठाकुर खत्रीलाई घुस रकमसहित लक्ष्मी फेन्सी स्टोरबाट रङ्गेहात पक्राउ गरेको हो । भारतीय गाडीलाई नेपाल प्रवेसका लागि छोडेबापत रु २५ हजार रकम मागेकाले सो रकम दिन फेन्सी स्टोर पुगेको र विशेष सुराकीको आधारमा त्यहाँ आइपुगेका प्रहरी टोलीले पक्राउ गरेको अख्तियारका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक किशोरसिंह थापाले जानकारी दिए । 

सोमबार भारतीय गाडीलाई प्रवेश गराई दिएबापत रु २५ हजार माग गरेको र सो रकम मंगलबार दिने कबोल गरेपछि गाडीलाई प्रवेश गर्न दिइएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।