logo

नेपाल इन्टरमोडेल यातायातले २३ जना कर्मचारी माग्यो

    2322   पटक पढिएको


२६ माघ /अर्थ र व्यापार- काठमाडौं । नेपाल इन्टरमोडेल यातायात विकास समितिले एकै पटक २३ जना कर्मचारी मागेको छ । यातायातमा रिक्त रहेका अधिकृत, इन्जिनियर, कम्प्युटर अपरेटर र साहायक स्तरका पदहरुमा खुल्ला प्रतियोगितात्मक परिक्षाबाट स्थायी पदपुर्ति गर्नका लागि दरखास्त फारम खोलेको हो ।


यातायातले प्रशाासन तर्फ ११ जना, प्रविधिक तर्फ ८ जना र विविधमा ४ जनाको लागि विज्ञापन खुलाएको छ । दरखास्त दिन इच्छुक व्यक्तिहरुले आवश्यक कागजात सहित फागुन २६ सम्म अनलाइन फारम भर्न सक्नेछन् । यातायतले जारी गरेको सूचना अनुसार फारम भर्नको लागि दिनको ११ बजे देखि ३ बजेसम्म पाइनेछ । यातायातले तह १० को लागि १५ सय ५०, तह ९ को लागि १२ सय ५०, तह ८ को लागि १०५०, तह ७ को लागि ९ सय ५०, तह ५ को लागि ६ सय २५, तह र ४ को लागि ५ सय २५ रुपैंया परिक्षा शुल्क तोकेको छ ।

इन्टरमोडेल यातायातले हाल नेपालको विभिन्न स्थानमा सुख्खा बन्दारगाह निर्माण गर्दै आएको छ । यसैगरी चोभारमा १०५४ रोपनी क्षेत्रफलमा सुख्खा बन्दरगाह र अन्तर्रा्ष्ट्रिय स्तरको प्रदर्शनी स्थल निमार्ण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।