logo

२ म्यानपावर कम्पनीमा रोजगार विभागको छापा

    2123   पटक पढिएको

९ मंसिर/अर्थ र व्यापार– वैदेशिक रोजगार विभागले सोमबार दुई म्यानपावर कम्पनीमा छापा हानेको छ । 

वैदेशिक रोजगार विभागले सोमबार कतार पुलिसको लागि डिमाण्डको पुर्व स्वीकृति बिना नै अन्तर्वार्ता लिईरहेको सूचनाको आधारमा २ कम्पनीमा छापा हानेको छ ।

विभागले सूचनाको आधारमा धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रा.लि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रा.लीमा छापा हानेको हो । 

दुबै म्यानपावरबाट ४/४ सय युवाहरुलाई अन्तर्वार्ताका लिदै गरेको अवस्थामा विभागले छापा हानेको थियो । 
विभागले थप आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइने जनाएको छ । दुबै म्यानपावरबाट आवश्यक सम्पूर्ण कागजात जफत गरेको छ । 

केही समयअघि कतार रोजगारीका लागि १७ वटा म्यानपावर कम्पनीले मात्र अनुमति पाउने भन्दै नाम सार्वजनिक भएका कम्पनीमध्येकै २ कम्पनीमा विभागले छापा मारेको हो । 

१७ वटा म्यानपावरहरुको लिस्टमा कतार भिषा सेन्टरको संचालक हेम गुरुङ नै अध्यक्ष रहेको एसओएस म्यानपावरले स्वीकृति बिनै अन्तर्वार्ता लिएको थाहा पाएपछि व्यवसायीहरु त्रसिद बनेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।