logo

लोकसेवाले खुलायो ७५१ जना खरिदार 

    1855   पटक पढिएको


३० फागुन/ अर्थ र व्यापार - काठमाडौं । लोकसेवा आयोगले ७५१ जना खरिदार खुलाएको छ । लोकसेवाले पुरानै अञ्चलस्तरीय ढाँचामा विज्ञापन खुलाएको हो । विज्ञापन अनुसार सबैभन्दा धेरै सगरमाथा अञ्चल कार्यलय, दिक्तेलमा ११३ जना रहेको छ भने सबैभन्दा थोरै मेची अन्चल कार्यलय, इलाममा २३ जना रहेक छन् ।

त्यसैगरी पुर्वाञ्चल क्षेत्रिय निर्देशनालय, धनकुटामा ३९ जना, मध्यमाञ्चल क्षेत्रिय निर्देशनालय, नयाँ बानेश्वरमा ८७ जना, जनकपुर अञ्चल कार्यालय, जनकपुरमा ४९ जना, नारायणी अञ्चल कार्यालय, हेटौडामा ८८ जना र पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालय, पोखरामा ४६ जना माग रहेका छन् । लुम्बिनी अञ्चल कार्यालय, बाग्लुङमा ४२ जना, मध्य पश्मिाञ्चल क्षेत्रिय निर्देशनालय, सुर्खेतमा ५८ जना, राप्ती अञ्चल कार्यालय, दाङमा ४१ जना माग भइ आउँदा कर्णाली अञ्चल कार्यलय, जुम्लामा ४२ जना माग रहेका छन् । त्यस्तै सुदुर पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालय, दिपायलमा २६ र महाकाली अञ्चल कार्यालय, महेन्द्रनगरमा ५१ जनाको माग रहेको छ ।
खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ति गरिने यस परिक्षमा भाग लिन चैत २० गतेसम्म सिङगल र चैत २७ गतेसम्म दोब्बर दस्तुर तिरेर भाग लिन सकिन्छ । फारम अनलाइनबाट जुनसुकै ठाउँबाट भर्न सकिने लोकसेवाले जनाएको छ । फारम भर्नका लागि पुरुषको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । यसैगरी ग्रेडिङ सिस्टमबाट प्रवेशिका परिक्षा दिएका व्यक्तिले २ जीपीए भन्दा कम अंक भएमा फारम भर्नपाउने छैनन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।