९ वैशाख/अर्थ र व्यापार– नेपाल एसबिआई बैंक र धुलिखेल लज रिसोर्टबिच बैंकका सम्पुर्ण डेविट कार्ड र मोवाईल बैंकिङ सेवा प्रयोगकर्तालाई लक्षित गरी अला कार्ट मेनु रकममा १५प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
सो सम्झौतापत्रमा बैंकका चिफ मेनेजर एवं बाग्मती प्रदेश प्रमुख सुशिल राज श्रेष्ठ र धुलिखेल लज रिसोर्टका प्रवन्धक सञ्चालक प्रेमकण्ठ श्रेष्ठले हस्ताक्षरण गरेका थिए । उनीहरुबीच सो सम्झौतपत्र एकआपसमा आदान–प्रदान समेत भएको थियो ।
नेपाल एसबिआई बैंकले विगत ३१ वर्ष देखी बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १ सय शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैकिङ, ७ प्रादेशिक कार्यालय र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
तपाईको प्रतिक्रिया