logo

चीनका लागि मात्र एप्पलद्वारा हवाई खर्चका लागि प्रति वर्ष २९ करोड अमेरिकी डलर खर्च

    1272   पटक पढिएको

२ माघ /अर्थ र व्यापार - चीनका लागि मात्र एप्पलले हवाई खर्चका लागि प्रति वर्ष २९ करोड अमेरिकी डलर खर्च गर्दै आइरहेको छ । अमेरिकी एयरलाइन्स यूनाइटेडको एउटा आन्तरिक जानकारी सार्वजनिक भएसँगै उक्त कुराको खुलासा भएको हो । प्राप्त जानकारीका अनुसार एप्पलले क्यालिफोर्नियादेखि सांघाईका लागि दैनिक बिजनेस क्लासका ५० टिकेट बुक गराउँदै आएको छ । 

एप्पलले उक्त एयरलाइन्सलाई मात्र आफ्नो अधिकारीहरुको यात्राका लागि वार्षिक १५ करोड डलर भुक्तान गर्दै आइरहेको छ । यो रकम एप्पलले केबल एउटा एयरलाइन्सका लागि मात्र भुक्तान गर्दै आइरहेको छ । सबै एयरलाइन्सको टिकट बुकिङलाई मिलाएर एप्पलको हवाई खर्च करिब ३.२ हजार करोड रुपैयाँ रहेको बताइएको छ ।

एप्पलको हवाई खर्च गुगल र फेसबुकको भन्दा चार गुणा बढी रहेको छ । यि दुई कम्पनीले यूनाइटेडलाई बार्षिक ३.४ करोड डलर दिने गर्दछन् । जबकी एप्पलको हवाई खर्च २९ करोड डलर रहेको छ । यूनाइटेड एयरलाइन्सका साथ एप्पलका अधिकारीहरुको सम्पूर्ण यात्राको करिब २५ प्रतिशत खर्च केबल सांघाई आवत जावतमा मात्र हुने बताइएको छ ।

सन् २०१७ को तथ्याङ्क अनुसार व्यापार यात्रामा सबैभन्दा धेरै खर्च गर्ने देशका रुपमा चीन रहेको छ । उसले बार्षिक करिब ४० लाख करोड रुपैयाँ विजनेश ट्राभलका लागि मात्र खर्च गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।