logo

शङ्कास्पद गतिविधि भएको भन्दै बहालबाला मन्त्री सहित तीन पूर्व मन्त्रीलाई कारबाहीको लागि सिफारिस

    1378   पटक पढिएको

१७ पुस/ अर्थ र व्यापार - वाइडबडी विमान खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले बहालवाला पर्यटनमन्त्री र तीन पूर्वमन्त्रीलाई कारबाहीको सिफारिस गर्ने भएको छ । खरिद प्रक्रियामा छानबिन गरिरहेको उपसमितिले तयार पारेको प्रतिवेदनमा बहालवाला मन्त्री रवीन्द्र अधिकारीसहित चार जनालाई कारबाहीको सिफारिस गरिएको छ ।

स्रोतका अनुसार बहालवाला मन्त्री अधिकारी पूर्वमन्त्रीहरू दिलनाथ गिरी, जीवनबहादुर शाही र जितेन्द्र नारायण देवलाई पनि कारबाहीको सिफारिस गरिएको छ । अन्य पूर्वमन्त्रीहरू मुछिए पनि चार जनाको कार्यकालमा शङ्कास्पद गतिविधि भएकोले कारबाही सिफारिस गरिएको स्रोतले जनाएको छ ।

समितिले तयार पारेको ५७ पृष्ठ लामो प्रतिवेदनमा ५० भन्दा बढी निष्कर्ष र सिफारिस गरिएको छ । प्रतिवेदनमा अझै थपघट गर्न बाँकी छ । बुधवार दिउँसो ११ बजे मात्र प्रतिवेदन समितिलाई बुझाउने तयारी गरिएको छ । सोमबारसम्म तयार पारिएको प्रतिवेदनमा कमिसनलगायत हालसम्म पेस भएको प्रमाणका आधारमा ३ अर्ब ७७ करोड अनियमितता भएको ठहर गरिएको छ । तर यो रकम बढ्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

वायुसेवा निगम र मन्त्रालयले अहिलेसम्म पनि खरिदबिक्रीको सक्कल कागजात उपलब्ध गराएका छैनन् । उक्त कागजात आउँदा अनियमितताको रकम खुल्ने स्रोतले जनाएको छ । प्रतिवेदनमा महाप्रबन्धक सुगरत्न कंशाकारलाई तत्कालै निलम्बन गर्न सुझाव दिइएको छ भने नेपाल सरकार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न सुझाव दिइएको छ । यसै गरी निगम सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूलाई पनि निलम्बन र कारबाहीको सिफारिस गरिएको छ ।
वाइडबडी विमान खरिदका लागि भन्दै फ्रान्सको भ्रमण गरेका ३८ जनालाई पनि कारबाहीको सिफारिस गरिएको छ । उक्त टोलीमा विज्ञभन्दा विचौलियाहरु सहभागी भएकोले उनीहरूलाई कारबाही गरी रकम असुल उपर गर्न उपसमितिको प्रतिवेदनमा  भनिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनले वाइडबडी विमान खरिदमा प्रक्रियागत अनियमितता भएको उल्लेख गरेको थियो । प्रतिवेदन अध्ययन पछि लेखा समितिले छानबिन सुरु गरेको हो । छानबिनका क्रममा महालेखा परीक्षक, बहालवाला मन्त्री, पूर्वमन्त्रीहरू, निगम र सञ्चालक समितिका पदाधिकारीहरूसँग छलफल गरिएको थियो । छलफलका क्रममा पर्यटनमन्त्री रबीन्द्र अधिकारीले महालेखा परीक्षककै राय अनुसार आफूले किस्ता तिर्न अनुमति दिएको बताएका थिए । तर महालेखा परीक्षक टङ्कमणि शर्माले उक्त भनाई को खण्डन गरेका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।