logo

गाडी खरिदमा घोटाला भएको सांसदहरुको आरोप, एउटै गाडी दुई फरक मुल्यमा खरिद गरेपछि विवाद

    1244   पटक पढिएको

२५ पुस /अर्थ र व्यापार  - प्रदेश नम्बर ५ मा दुई सरकारी निकायले एउटै गाडी दुई फरक मुल्यमा खरिद गरेपछि विवाद बढेको छ । सांसदहरुले गाडी खरिदमा घोटाला भएको आरोप लगाएका छन् । प्रदेशसभा र मन्त्रायलहरुले किनेका एउटै गाडीको मूल्य फरकफरक देखिएको हो । प्रदेशसभा सचिबालयले ई बिडिङमार्फत करिब ९ करोड रुपैयाँमा १३ वटा टाटा स्ट्रोम गाडी खरिद गरेको थियो । ती गाडीको मूल्य प्रदेश सभाले खरिद गरेको गाडी उपसभामुख, सात समितिका सभापति र प्रमुख प्रतिपक्षी दलका नेताले चढ्दै आएका छन् ।

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसँगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयले प्रदेश सभाले भन्दा १ लाख ४ हजार बढी मुल्यमा सोही गाडी खरिद गरेका छन् । सो गाडीमा मन्त्री सुदर्शन बराल, लिला गिरी र आरती पौडेल चढ्दै आएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भने मन्त्रीका लागि स्कोर्पियो गाडी खरिद गरेको छ ।
मन्त्रालयले ७२ लाख ९९ हजारमा खरिद गरेको थियो भने प्रदेश सभाले ७१ लाख ९५ हजारमा किनेको हो । कम्पनीबाटै ‘फेज आउट’ भइसकेको गाडी सरकारी निकायमा जबजस्ती महगो मूल्यमा किनाइएको सांसदहरुको भनाइ छ । प्रदेश सभाका केही समिति सभापतिहरुले गाडीमा आधा करोडको घोटाला भएको आशंका गरेका छन् ।

प्रदेश ५ सरकार र प्रदेश सचिवालयले चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँभन्दा बढीका सवारीसाधन खरिद गरेका छन् । सचिबालयमा स्कोर्पियो किन्ने सहमति भैसकेको अवस्थामा आर्थिक चलखेलकै कारण टाटा स्ट्रोम भित्र्याइएको देखिन्छ ।
भारतमै असफल भई नेपालमा बिक्री नहुने गाडीलाई प्रदेश सरकार र प्रदेशसभा सचिवालयमा चलाखीपूर्णरूपमा खरिद गरिएको हो । सार्वजनिक खरिद ऐनमा २० लाख रुपैयाँभन्दा बढीको कारोबार सरकारी निकायले ई–बिडिङमार्फत गर्न पाउने ब्यबस्था रहेको छ  ।

यसै आधारमा टाटा कम्पनीले सिप्रदी ट्रेडिङ कम्पनीमार्फत प्रदेश सरकारलाई गाडी उपलब्ध गराएको हो । प्रदेशसभाका नेकपा सचेतक भूमिश्वर ढकालको जोडबलममा उनको आफ्नै लगानी रहेको सफल अटोले गाडि खरिदको काम गरेको हो  । सफल अटोमा बुटवलकै राजु खरेल, दिनेश शर्मा र प्रदीप ढुंगाना पनि सञ्चालक छन्  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।