logo

सरकारले रेलका इन्जिन र डिब्बासहितका दुईवटा सेट खरिद गर्ने तयारी, १ अर्ब लागत लाग्ने अनुमान

    1419   पटक पढिएको

१७ पुस/ अर्थ र व्यापार - सरकारले १ अर्ब लागतमा दुई वटा रेलको इन्जिन खरिद गरेर भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म रेलमार्ग सञ्चालनमा ल्याउने तयारी गरेको छ । रेल सञ्चालनका लागि सरकारले शुरूमा रेलका इन्जिन र डिब्बासहितका दुईवटा सेट खरिद गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहत रहेको रेल विभागका अनुसार एउटा सेटमा ५ डिब्बा र २ इञ्जिन रहनेछ । भारतीय सरकारमार्फत खरिद गरिने रेलका सेटको मूल्यबारे छलफल भइरहेको । तर औसतमा ती रेलको मूल्य १ अर्ब रुपैयाँ जति पर्ने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले केही दिन पहिले मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा पनि रेलमार्ग सञ्चालनका लागि भारत सरकारसँग रेल खरिदको विषयमा परामर्श भइरहेको बताएका थिए । उनले तत्कालका लागि रेल खरिद गर्नु नै उत्तम विकल्प हुने बताएका थिए । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा हाल जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माण भइरहेको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३५ किलोमिटर रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणमा संलग्न भारतीय प्राविधिकले रेल गुढाउन रेलमार्ग तयार रहेका वा नरहेको भन्ने बारेमा आवश्यक परिक्षण गर्ने तयारी गरेको छ । त्यसमा नेपाली प्राविधिकले समेत परिक्षण गर्ने छन् ।

रेल विभागले रेलको २ वटा सेट खरिद गर्न लागेको छ । त्यसमा एउटा सेटको मूल्य ५० करोडको हाराहारीमा हुनेछ । रेलमार्गको दुरी छोटो भएकाले अत्याधुनिक सुविधा तत्कालका लागि नचाहिने निष्कर्षमा विभाग पुगेको छ । अत्याधुनिक सुविधा जडान गर्दा थप बढी मूल्य पर्न जान्छ । त्यसमा एसी, सुत्न मिल्ने बेड, तथा अन्य अत्यावश्यकीय सेवा तथा सुविधा समेत उपलब्ध गराउनुपर्नेछ । तर रेलमार्गको दुरी नै कम भएका कारण ती सबै सुविधा तत्काल राख्ने कि नराख्ने भन्ने बारेमा भने केही निर्णय भएको छैन । कम सुविधा उपलब्ध गराउन लागिएका कारण रेलको मूल्य केही घटन सक्ने विभागको भनाइ छ ।

हाल सञ्चालनमा ल्याउन लागिएको रेल प्रतिघण्टा १ सय ६० किलोमिटरको दुरी तय गर्ने क्षमताको रहेको छ । विभागकाअनुसार भारतीय पक्षसँग सम्झौता भएको ९० दिन भित्र रेल ल्याउन सकिन्छ । भारतीय पक्षले सो समयभित्र रेल उपलब्ध गराउन सकिने बताएको छ । विगतमा पनि जनकपुर जयनगरमा रेल सञ्चालन हुने गर्दथ्यो । सो समयमा नेपालमा चल्ने रेल कोइलाबाट चल्थ्यो । हाल चलाउन लागिएको रेल डिजलबाट चलाउन लागिएको छ । नेपाली रेल चालकसँग न्यारोगेज रेल चलाएको मात्रै अनुभव भएकाले प्रशिक्षणको क्रममा भारतीय चालक ल्याएर उनीहरुबाट प्रशिक्षण दिने तयारी गरिएको छ । हाल निर्माण भएको रेलमार्ग ब्रोडगेज हो ।
रेलमार्ग निर्माणमा विषयमा उत्तरी छिमेकी देश चीनका प्राविधिकहरुले पनि आवश्यक तयारी गरेका छन् । हालै सम्पन्न नेपाली अधिकारी र चिनियाँ अधिकारीको संयुक्त बैठकले केरुङ काठमाडौं रेलमार्गको डिपिआर तयार पार्ने सहमति भएको छ । डिपिआरलाई चाँडै अन्तिम रुप दिएर रेलमार्गको लागत तथा अन्य प्राविधिक पक्ष टुंगो लगाएर रेलमार्ग निर्माण गर्ने तयारी गरिएको छ । केरुङ काठमाडौं रेलमार्गको दुरी ८० किलोमिटरको आसपासमा रहनेछ । सो रेलमार्ग निर्माणका लागि हालको मूल्यमा ३ खर्ब र मूल्य समायोजन हुँदै जाँदा ४ खर्बसम्म लागत पर्न जाने अनुमान गरिएको छ । तर डिपिआर तयार भएपछि मात्रै रेलमार्गको लागत तय हुने छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।