logo

विश्वव्यापी रुपमा तापक्रमको वृद्धिले हिमाली देशहरुले ठूलो समस्या भोग्नुपर्ने खतरा

    1087   पटक पढिएको

२५ माघ /अर्थ र व्यापार - जलवायु परिवर्तनका कारण विश्वव्यापी रुपमा तापक्रमको वृद्धि भइरहने हो भने सन् २१०० सम्म दुइतिहाई बढी हिमनदी पग्लिएर सकिने तथ्याङ्कसहितको प्रतिवेदन सार्वजनिक भएको छ । अहिले देखिएका धेरै जसो हिमनदी पग्लिएर जाने छन् । त्यसले वातावरणमा चरम प्रभाव मात्रै पार्ने छैन, त्यसले यस क्षेत्रमा मानवीय सभ्यता माथि नै ठूलो प्रश्न चिन्ह खडा गर्ने छ ।

ठूला र औद्योगिक राष्ट्रले गरेको चरम औद्योगिकीकरकणका कारण नेपाललगायत यस क्षेत्रमा रहेका हिमाली देशहरुले ठूलो समस्या भोग्नुपर्नेछ । हिन्दूकुश क्षेत्रमा एकीकृत पर्वतीय विकासका लागि अन्तराष्ट्रिय केन्द्र(इसिमोड)ले पाँच वर्ष लगाएर गरेको अध्ययनअनुसार जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न भएका प्रयास असफल भएको खण्डमा केही हिमनदी पग्लिएर पानीको हाहाकार हुने र जनजीवनसमेत प्रभावित हुने देखिएको छ ।
जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले यस शताब्दीको अन्त्यसम्म १.५ डिग्री तापक्रममा सीमित गर्ने लक्ष्य राखेको छ तर तापक्रम वृद्धिदर भने सोही अवस्थामा रहन्छ कि रहँदैन भन्ने आशङ्कासमेत रहेको छ । सो अवधिमा तापक्रम वृद्धिदर २ डिर्गी भन्दा माथि पुग्ने अनुमान सार्वजनिक गरिएको छ ।

विश्वको तेस्रो धु्रवका रुपमा रहेको सगरमाथा, माउण्ट के टुजस्ता उच्च हिमाली क्षेत्रमा पर्वतारोहणमा जानेले समेत ती क्षेत्रमा उच्च दरमा हिउँ पग्लिरहेको पाइएको उल्लेख गर्दै प्रतिवेदनमा एक तिहाइ बढी हिमनदी समस्यामा परेको पाइएको बताएको छ । हिमाली क्षेत्रमा अहिले पनि हिँउले ढाकिएका पर्वतहरु कालो ढुंगामा मात्रै देएिका छन् । जसका कारण वनस्पती तथा प्राणी समेत समस्यामा परेका छन् । चीन र भारत जस्ता ठूला देशले बिगारेको वातावरणका कारण पनि समस्या थपिदै गएको छ । अमेरिकाले त पेरिस सम्झौताबाट पछाडि हट्ने घोषणा नै गरिसकेको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बसोबास गर्दै आएका २५ करोड तथा नदी किनारमा बस्दै आएका १ अर्ब ६५ करोड नागरिक सबैभन्दा बढी प्रभावित हुने प्रतिवेदनले औँल्याएको छ ।

जलवायु परिवर्तनका कारण हिमाली तथा उच्च पहाडी क्षेत्रमा समेत खानेपानीको समस्या हुने र त्यसबाट सबैभन्दा बढी प्रभावित हुने उल्लेख गर्दै प्रतिवेदनमा हिमाली क्षेत्रमा बढेको वायु प्रदूषणका कारण अन्य समस्या पनि देखिने जनाएको छ । यस्तै मनसुनमा पनि पानी नपर्दा शहरी खानेपानी प्रणालीमा मात्रै नभई खाद्य तथा ऊर्जा उत्पादनमा समेत केही समस्या उत्पन्न हुनेछ । इसिमोडले अन्तर सरकारी जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन, हिन्दूकुश हिमालय क्षेत्रमा भएका अध्ययन तथा खोज, ३५० अध्ययनकर्ताको प्रतिवेदन, २२ देशका १८५ सङ्घ सङ्गठनको खोजका आधारमा प्रतिवेदन तयार पारिएको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।