logo

तातोपानी नाका सञ्चालनमा ल्याउन अन्तिम तयारी, जेठ १५ गतेदेखि पुनः सञ्चालनमा आउने

    1160   पटक पढिएको

१२ जेठ /अर्थ र व्यापार - व्यापारिक तातोपानी नाका जेठ १५ गते बुधबारबाट पुनः सञ्चालनमा आउने भएको छ । चार वर्षदेखि बन्द रहेको नाका सञ्चालनमा ल्याउन दुवैतर्फका सरकार अन्तिम तयारीमा जुटेका छन् । व्यापारिक कारोबारसहित नाका सञ्चालनमा ल्याउन लागिउको उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता नवराज ढकालले बताए । चीन सरकारले बुधबार तातोपानी सुक्खा बन्दरगाहलगायत पुननिर्माण भौतिक संरचना हस्तान्तरण गर्दै छ ।  मन्त्रालयका सहसचिव ढकालले भने त्यसै दिनबाट व्यापारिक कारोवार सहित नाका सञ्चालनमा आउँछ । 

चीनले हस्तान्तरण तयारी अन्तिम चरणमा पु¥याएको जानकारी समेत उनले दिए । मन्त्रालयका अनुसार चीन सरकारको सहयोगमा निर्मित बन्दरगाहबाट व्यापारिक कारोबार सञ्चालनमा आउनेछ । २०७२वैशाख १२ गतेको भूकम्पपछि यो नाका बन्द रहँदै आएको छ । २०७३ असारको भोटेकोशि बाढीले नाकाको भौतिक संरचना क्षतिग्रस्त बनाएको थियो । मन्त्रालय स्रोतका अनुसार बुधबारबाट आंशिक रुपमा मात्र नाका सञ्चालनमा ल्याउन लागिएको हो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।