logo

आयातमा २२ प्रतिशतले गिरावट आउदा निर्यातमा १०.२६ प्रतिशतले सुधार 

    1174   पटक पढिएको

९ असोज/अर्थ र व्यापार– चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा आयात २२ प्रतिशतले घटेको छ । 

भन्सार विभागका अनुसार अघिल्लो आर्थिक बर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक बर्षमा आयतमा २२.०७ प्रतिशतले गिरावट आएको हो ।  

आयातमा उच्च गिरावट आएसंगै वैदेशिक व्यापार घाटामा समेत गिरावट आएको छ । यस अबधिमा निर्यातमा भने सामान्य वृद्धि देखिएको छ । 

चालु आर्थिक वर्षको साउन र भदौ महिनामा कुल वस्तू आयात १ खर्ब ७८ अर्ब ८४ करोड बराबरको भएको छ । अघिल्लो आर्थिक बर्षको दुई महिनामा वस्तु आयात २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ हाराहारीको थियो । तुलनात्मक रुपमा चालु आर्थिक बर्षको पहिलो २ महिनामा २२.०७ प्रतिशत आयातमा गिरावट आएको देखिन्छ । 

चालु आर्थिक बर्षमा वस्तु निर्यातमा भने २० अर्ब ४४ करोड ३० लाख रुपैयाँ बराबरको भएको छ । अघिल्लो वर्ष यसै अवधिमा निर्यात १८ अर्ब ५० करोड रुपैयाँको भएको थियो । यसरी हेर्दा, चालु आर्थिक बर्षको पहिलो २ महिनामा वस्तु निर्यात १०.२६ प्रतिशतले बढेको देखिन्छ । 

अघिल्लो आवको पहिलो २ महिनामा २ खर्ब ११ अर्ब रुपैयाँले व्यापार घाटा भएको थियो । चालु आवमा दुई महिनामा व्यापार घाटा १ खर्ब ५८ अर्ब ४० करोड रुपैयाँ बराबरको रहेको छ । 

आयातमा २२ प्रतिशतको उच्च गिरावट र निर्यातमा १०.२६ प्रतिशतले बृद्धी हुंदा चालु आर्थिक बर्षको पहिलो २ महिनामा वैदेशिक व्यापार घाटामा समेत कुल २४.९३ प्रतिशतको गिरावट आएको हो । 

चालु आवको दुई महिनामा कुल १ खर्ब ९९ अर्ब २८ करोडको वैदेशिक व्यापार भएको छ । अघिल्लो आवको दुई महिनामा कुल वैदेशिक व्यापार २ खर्ब ४८ अर्ब रहेको थियो । यो वर्ष कुल आकार नै १९.६४ प्रतिशतले घटेको छ ।

दुई महिनाको तथ्यांक हेर्दा वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.२६ प्रतिशत र आयातको हिस्सा ८९.७४ प्रतिशत रहेको छ । अघिल्लो बर्षको तुलनामा चालु आर्थिक बर्षको पहिलो २ महिनामा निर्यातको हिस्सामा ३७.५० प्रतिशतले सुधार भएको देखिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।