logo

राजश्व तिर्नका लागि बैंकिङ प्रणालीबाट ४१ अर्ब रुपैयाँ बाहिरियो

    1190   पटक पढिएको

५ माघ / अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकको अद्यावधिक तथ्याङ्क अनुसार, पुस मसान्तको राजश्वका लागि  बैंकिङ प्रणालीबाट ४१ अर्ब रुपैयाँ सरकारी खातामा जम्मा भएको छ।
मसान्तसम्म १२ अर्ब रुपैयाँ तरलता हराएकोमा भोलिपल्ट अद्यावधिक हिसाब निकाल्दा थप २८ अर्ब हराएको भेटिएको छ। 

’राजश्व खातामा पैसा जम्मा भएकै कारण अन्तर बैंक सापटी दर ४.६९ प्रतिशतमा उक्लिएको छ’ राष्ट्र बैंकका प्रवक्ता तथा अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले बिजमाण्डूसँग भने, ’अहिले तरलतामा दबाब परेको छ।’

पुस २८ गते बैंकिङ प्रणालीमा ५२ अर्ब ६७ करोड रुपैयाँ अधिक तरलता थियो। ४० अर्ब सरकारी खातामा जम्मा भएपनि ब्याज भुक्तानीबाट केही निक्षेप सुधार हुँदा अहिले प्रणालीमा २६ अर्ब अधिक तरलता छ।

सरकारको राजस्व संकलन गर्ने प्रमुख बैंक एभरेष्ट हो। राष्ट्र बैंकका अनुसार, एभरेष्टको खाताबाट अधिकांश रकम सरकारी खातामा गएको हो। अरू केही बैंकले फुटकर रूपमा मात्र राजस्व संकलन गर्छन्।

प्रणालीको पैसा झिकिएर एकैपटक सरकारी खातामा सर्दा पुस मसान्तका दिन अन्तर बैंक सापटी दर ३.५१ प्रतिशतमा उक्लिएको थियो। त्यसपछि निरन्तर बढेर साढे ४ प्रतिशतमाथि उक्लिएको हो। यसअघि ब्याज दर करिडोरको न्यूनतम सीमाभन्दा तल रहेको अन्तर बैंक सापटी पुस मसान्तको दिनदेखि करिडोरको सीमाभित्र आएको छ।

तीन प्रतिशतभन्दा तल अन्तर बैंक सापटी दर झर्न नदिने करिडोरको नीति छ। यसअघि राष्ट्र बैंक तरलता बढ्ने बित्तिकै करिडोर कार्यान्वयन गर्न असफल देखिँदै आएको थियो। 

तरलता अभावले अन्तर बैंक सापटी उक्लिएपछि राष्ट्र बैंकले चाँडै रिपो जारी गर्ने योजना बनाएको छ। रिपोमार्फत केन्द्रीय बैंकले बैंकिङ प्रणालीलाई अल्पकालिन रुपमा पैसा उपलब्ध गराउँछ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।