logo

उद्योग–व्यवसायहरुले प्रदान गर्ने रोजगारीमा १० प्रतिशतले सुधार

    1493   पटक पढिएको

२९ पुस/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकको सर्वेक्षणले गत जेठ–असारको तुलनामा मुलुकमा रोजगारीको दर बढेको देखाएको छ ।

सर्वेक्षणले गत असारको तुलनामा उद्योग–व्यवसायहरुले प्रदान गर्ने रोजगारीमा सुधार आएकोे देखाएको छ । भने कोरोनाका कारण जागिर गुमाएकाहरु पनि धेरैले जागिर पाएको अध्ययनमा उल्लेख छ ।

कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग–व्यवसायहरुले मंसिरमा ८७.५ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको हो ।

कोरोना संक्रमण नियन्त्रणको लागि गरिएको बन्दाबन्दीका कारण व्यापार व्यवसाय ठप्प भएपछि तलब–ज्याला घटाएका उद्योगहरुले अहिले तलब–ज्याला पनि करिब ७ प्रतिशतको वृद्धि गरेको तथ्यांकले देखाएको छ ।

होटल तथा रेष्टुरेन्ट क्षेत्रका उद्योग–व्यवसायहरुको बाहुल्यता रहेको मझौला उद्योगले प्रदान गर्ने रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ ।

अध्ययन प्रतिवेदन अनुसार त्यसबेला कुल कर्मचारीको ७७.५ प्रतिशतमात्रै काममा थिए । भने बाँकी २३ प्रतिशतलाई रोजगारीबाट निकालिएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।