logo

२४सै घण्टा काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडी सञ्चालनमा ल्याउने तयारी 

    1387   पटक पढिएको

२४ माघ /अर्थ र व्यापार  - रातको समयमा पनि काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडी सञ्चालन गर्ने तयारी भएको छ । यात्रुको सुविधालाई ध्यान दिँदै अब छिट्टै सञ्चालनमा ल्याइने तयारी भैरहेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार काठमाण्डौ उपत्यकामा रातको समयमा सार्वजनिक गाडी सञ्चालनका लागि यातायात व्यवसायी र काठमाण्डौ महानगरपालिकासँग समन्वय हुनेछ ।

रातको समयमा काम विशेषले गन्तव्यमा पुग्नुपर्नेहरुलाई सार्वजनिक गाडी नहुँदा समस्या भएकोले यो कामलाई अघि बढाउन ढिलाई भैसकेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए  । राति १० बजेसम्म सार्वजनिक गाडी सञ्चालनमा ल्याने भन्ने सहमति व्यवसायीहरुसँग भए पनि त्यो पनि कार्यन्वयनमा नआएको र नयाँ ढंगले अघि बढ्न लागिएको विभागले जनाएको छ । विभागका अनुसार व्यवसायीहरुले फाइदा मात्रै हेर्ने गरेकोले सार्वजनिक यातायात सहज हुन नसकेकोले अब चौबीसै घण्टा नै सञ्चालन गर्ने गरी तयारी सुरु भएको हो ।

काठमाण्डौ महानगरपालिकाले केही वर्षअघि ४५ लाख रुपैयाँ व्यवसायीलाई अनुदानको रुपमा दिएर १३ वटा सार्वजनिक बस रातको समयमा सञ्चालनमा ल्याएको थियो । परीक्षणका रुपमा झण्डै ६ महिना सार्वजनिक बस सञ्चालनमा आए पनि सुरक्षाको प्रत्याभूति नभएको भन्दै सेवा बन्द भयो । 
रातको समयमा सार्वजनिक गाडीमा यात्रा गर्ने यात्रु, गाडी चालक र सहचालकको सुरक्षाको ग्यारेण्टी नभएको भन्दै आफूहरुले रातको समयमा गाडी चलाउन छाडेको राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए । सरकारले व्यवसायीले भनेअनुसार सुरक्षा दिन तयार रहेको बताइसकेको छ ।

वैज्ञानिक भाडादर कायम भए आफूहरु रातको समयमा पनि सार्वजनिक गाडी सञ्चालन गर्न तयार रहेको यातायात व्यवसायीहरुले बताएका छन् । सरकारले दिगो रुपमा सार्वजनिक गाडी रातको समयमा पनि सञ्चालन गर्ने वातावरण बनाइदिए आफूहरु जहिले भन्यो त्यहीबेला गाडी सञ्चालनमा ल्याउन तयार रहेको महासंघका महासचिव सिटौलाको भनाई छ । उनको भनाइअनुसार रातको समयमा गाडी सञ्चालन गर्न काठमाण्डौ उपत्यकाभित्र चौबीसै घण्टा व्यापार तथा व्यवसाय सञ्चालन हुनुपर्ने हुन्छ । त्यसो गर्यो भने चहलपहल बढ्ने र यात्रु नपाउने समस्या हट्ने तथा सेवा सञ्चालन गर्न सहज हुने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।