logo

नेपाली नागरिकसरह नागरिकता पाउने कानुनी व्यवस्था गर्न संघीय संसद र सरकारलाई एनआरएनको आग्रह

    1116   पटक पढिएको

१२ पुस/ अर्थ र व्यापार – गैरआवासीय नेपाली संघ(एनआरएन)ले आफूहरुलाई पनि नेपाली नागरिकसरह नागरिकता पाउने कानुनी व्यवस्था गर्न सरकार र संघीय संसदलाई आग्रह गरेको छ । एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपालीलाई पनि नेपाली नागरिकसरह नागरिकता पाउने कानुनी व्यवस्था गर्न संघीय संसद र सरकार दुवैलाई आग्रह गरेका छन् ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै उनले राष्ट्र निर्माण गर्ने अभियानमा आफूहरुलाई पनि सहभागी गराउन गैरआवासीय नेपाली नागरिकलाई पनि नेपाली नागरिकसरह नागरिकता लिन पाउने व्यवस्था गर्न संघीय संसद र सरकारको गम्भीर ध्यानाकर्षण गराए । 

विद्यमान कानुनमा गैरआवासीय नेपाली नागरिकहरुलाई राजनीतिक अधिकार कटौती गरी नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्ने व्यवस्था गरिएको छ । त्यसप्रति संसद र नेपाल सरकारप्रति आभार व्यक्त गर्दै संस्थापक अध्यक्ष महतोले राजनीतिक अधिकार पनि समावेश गर्न सरकारसँग माग गरेका छन् । उनले गैर आवासीय नेपालीहरु राष्ट्र निर्माणको अभियानमा प्रतिवद्ध रहेको पनि समितिलाई जानकारी गराए ।

एनआरएनका अध्यक्ष भवन भट्टले पनि गैर आवासीय नेपालीहरु नेपाललाई समृद्ध बनाउन प्रतिवद्ध रहेकोे उल्लेख गर्दै त्यसमा शंका नगर्न समितिका सदस्यहरुलाई आग्रह गरेका थिए । उनले नेपालको समृद्धिको अभियानमा गैर आवासीय नेपालीहरु सहयोगको दायरा बढाउन अझै क्रियाशील भएर लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले गैरआवासीय नेपालीलाई सम्बन्धित देशकै नेपाली दूतावासबाट नागरिकता लिन पाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनले गैर आवासीय नेपालीहरुको भावी पुस्ताले पनि नेपाली नागरिकता पाउने व्यवस्था गर्न सरकारले अप्ठयारो मान्न नहुने धारणा पनि राखेका थिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णभक्त पोखरेलले गैरआवासीय नेपालीहरुको ज्ञान, सीप र पूँजी राष्ट्र निर्माणका लगाउने गरी आवश्यक कानुनी प्रबन्ध गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले बाध्य भएर कामको खोजीमा विभिन्न देशमा बस्न पुगेका नेपाली नागरिकको मागलाई ध्यानमा राखेर आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गरिएको पनि स्पष्ट पारेका थिए । विधेयकमा गैरआवासीय नेपालीहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार हुने गरी नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्ने प्रस्ताव गरिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।