logo

नेपाल टेलिभिजनलाई ६ देखि ८ महिनाभित्र सार्वजनिक प्रसारण सेवामा लगेरै छाड्ने सञ्चारमन्त्री बास्कोटाको प्रतिवद्धता

    1111   पटक पढिएको

१७ माघ/ अर्थ र व्यापार  - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजनीतिक कार्यकर्ता बनेर सरकारी सञ्चारमाध्यममा गडबडी गर्नेहरुलाई सरकारले नसहने बताएका छन् । नेपाल टेलिभिजनको ३४ औं वार्षिकोत्सव र एचडी प्रविधि आरम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले टेलिभिजनलाई राजनीतिक कार्यकर्ताको आवश्यकता नरहेको बताए । मन्त्री बास्कोटाले आफूले दिएको निर्देशनअनुसार माघ १७ मा नेपाल टेलिभिजन एचडीमा गएको भन्दै अब ६ देखि ८ महिनाभित्र सार्वजनिक प्रसारण सेवामा लगेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । चाहेमा हुने रहेछ भन्ने कुरा टेलिभिजन व्यवस्थापनले देखाएको भन्दै उनले अब पीएसबीमा पनि गएरै छाड्ने बताए ।

मन्त्री बास्कोटाले भने– ‘नेपाल टेलिभिजन धेरै अघि एचडीमा जानुपर्ने थियो, तर जान नदिने तत्व पनि यहीँभित्र छन् । नेपाल टेलिभिजन निजी क्षेत्रसँग प्रतिस्पर्धी होइन, पहिलो हुनैपर्छ । पीएसबीमा गएपछि नेपाल टेलिभिजनलाई जित्ने संस्था कुनै हुने छैनन् ।
टेलिभिजनका पत्रकार र व्यवस्थापकलाई सम्वोधन गर्दै मन्त्री बास्कोटाले भने, ‘सरकारको सेवा गर्नुपर्दैन । तर, राष्ट्रको र संस्थाको हित हेर्नुस् । व्यक्तिलाई ल्याएर मानमर्दन गर्ने, चोरचार गर्ने र आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने अखडा नेपाल टेलिभिजन हुन सक्दैन ।’ मन्त्री बास्कोटाले भने– ‘चारतारे र लालतारे बनेर आउनेलाई फरक दृष्टिकोणले हेरिन्छ । नेपाल टेलिभिजनमार्फत देशको सेवा गर्ने सोच राखेर आउनेलाई स्वागत छ ।’

केही महिनाअघि आफूलाई डेलिगेसशन नै गएर टेलिभिजन कार्यक्रममा ल्याएको र अपमानजनक प्रश्नहरु सोधेर केही क्लिप काटकुट पारेर बाहिर चर्चामा ल्याएको सन्दर्भ मन्त्री बास्कोटाले कोट्याए । तत्कालीन कार्यक्रम प्रस्तोता राजु थापाले क्लिप काटकुट पारेर फेसबुकमार्फत् मन्त्रीविरुद्ध प्रचार गरेको भन्दै टेलिभिजनले उनको कार्यक्रमको करार नवीकरण नगरी विदा गरेको थियो । मन्त्री बास्कोटाले सोही प्रकरणतिर इंगित गरे ।

‘सरकारको आलोचना गर्न छुट छ । तर, समाचार बंग्याउन पाइँदैन । । सरकार त जनताको आँखाको नानी पनि हुन्छ, सबैको आँखाको तारो पनि हुन्छ,’ मन्त्री बास्कोटाले भने, ‘तर टेलिभिजनमा चारतारे र लालतारे बनेर काम गर्न पाइएन भन्दैमा कसैको बद्नाम गर्न पाइँदैन । उनले विज्ञापन दाताहरुलाई पनि ढुक्क भएर नेपाल टेलिभिजनलाई विज्ञापन दिन आग्रहसमेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।