logo

सापकोटाले पत्रकारमाथि दूरव्यवहार गरेको भन्दै नाटोजको भत्र्सना

    1641   पटक पढिएको

२६ असार / अर्थ र व्यापार- हिमालयन सोसियल जर्नी ट्रेक्सका सञ्चालक रामप्रसाद सापकोटाले पत्रकारमाथि दूरव्यवहार गरेको भन्दै राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले आपत्ति जनाएको छ । नाटोजले एक प्रेस विज्ञप्त जारी गरी आपत्ति जनाएको हो । 

सापकोटाले आफ्नो कर्तुत ढाकछोप गर्ने  नियतले विभिन्न किसिमका हर्कत गरिरहेको र पत्रकारमाथि अपमानजनक व्यवहार गरेको भन्दै नाटोजले घोर भत्र्सना गरेको छ । नाटोजका केन्द्रीय अध्यक्ष शिव अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तीमार्फत  ‘फेक हेलिकोप्टर रेस्क्यू’ गरेको अभियोगमा संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयद्धारा गठित छानविन समितिको लिष्टमा परेको हिमालयन सोसियल जर्नी ट्रेक्सका सञ्चालक रामप्रसाद सापकोटाले पत्रकारमाथि गरेको दूरव्यवहारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा सापकोटाले पटक पटक पत्रकारलाई प्रलोभनमा पार्न खोज्ने र प्रलोभनमा पार्न नसकेपछि धम्क्याउने गरेको पाइएको उल्लेख गरिएको छ ।  

सापकोटाले ‘मैले भनेको नमान्ने ? तिमीले के गर्न सक्छौं गर’ भनेर थर्काउने अनि विभिन्न अपच शब्दसमेत प्रयोग गर्ने गरेका छन’ विज्ञप्तीमा लेखिएको छ । यस्तै हर्कतहरु दोहोरिदै गए नाटोजलाई सह्य नहुने अध्यक्ष अधिकारीले चेतावनी दिए ।

घटनाको बारेमा निस्पक्ष एवं प्रभावकारी छानविन गरी सत्य, तथ्य कुरा बाहिर ल्याउन नदिने नियतले यस्तो गतिविधि भएको ठहर गर्दै नाटोजले यसप्रति सजक रहन सबैलाई आग्रहसमेत गरेको छ । नाटोजले फेक रेस्क्यूको कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सिंगो पर्यटनको बारेमा नकारात्मक सन्देश प्रवाह भइरहेकाले अबिलम्ब छानविन गरी सत्य, तथ्य सार्वजनिक गर्न आग्रहसमेत गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।