logo

जग्गा प्लटिङमा कडाई, २० रोपनीभन्दा सानो क्षेत्रफलमा जग्गा प्लटिङ गर्न नपाइने

    2615   पटक पढिएको

१२ आषाढ / अर्थ र व्यापार – अबदेखीे २० रोपनीभन्दा कम जमिनमा प्लटिङ गर्न नपाइने भएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सानो क्षेत्रफल लिएर जग्गा प्लटिङ गर्ने कार्यलाई निरुत्साहित गर्न र व्यवस्थित बसौकासको लागि नयाँ नीति तर्जुमा गर्न लागेको छ। 
घरजग्गा व्यावसायीले काठमाडौं उपत्यका विकास प्राधिकरणबाट अनुमति लिएर सानातिना जग्गामा पनि प्लटिङ गर्ने र अव्यवस्थित बस्ति बसाल्ने प्रवृत्तीलाई निरुत्साहित गर्न सरकार कडा रुपमा उत्रिने भएको हो। 
खेतीयोग्य जमिनको खण्डीकरण गर्दै अव्यवस्थित बसोबासलाई बढवा दिएको र कृषिको उत्पादकत्व घटाएको भन्दै कृषियोग्य जमिनको कित्ताकाटमा सरकारले यसअघिनै रोक लगाइसकेको छ।
२० रोपनीभन्दा बढी क्षेत्रफलमा बस्ती विकास गर्ने हो भने ५० बढी घरपरिवारको लागि पढ्ने स्कुल, उपचारको लागि स्वास्थ्य चौकी, सुरक्षाको लागि प्रहरी चौकी, खानेपानी, खेलकुद लगायतका पूर्वाधार बनाउन पनि सरकारलाई सहज हुने भएकाले व्यवस्थित बस्ती विकासका लागि मन्त्रालयले कानुन बनाएरै यस्तो नीति कार्यन्वयनमा ल्याउन लागेको हो।
कृषियोग्य जमिनको खण्डीकरणमा रोक लगाउने सरकारी निर्णयपछि घरजग्गा व्यावसायीहरुले किनेर राखेको जमिनमा प्लटिङ गर्न पाएका छैनन्।
५० प्रतिशत प्लटिङको काम पूरा गरिसकेका व्यावसायीले कित्ताकाट रोक्न नपर्ने गरि भूमिसुधार मन्त्रालयले गत वर्ष साउन २६ गतेनै कित्ताकाटमा रोक लगाएको थियो । सर्वोच्च अदालतले घरजग्गामा लगानी गरिसकेको अवस्थामा एक पटकलाई लगानीको सुरक्षा हुनेगरि आवश्यक निर्णय गर्न सरकारलाई आदेश दिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।