logo

सेवाबाट अवकाश पाएका कर्मचारीहरुले  पेन्सन वा उपदानमध्ये कुनै एक रोज्न पाउने

    1281   पटक पढिएको

२६ पुस /अर्थ र व्यापार -  सेवाबाट अवकाश पाएका कर्मचारीहरुले  पेन्सन वा उपदानमध्ये कुनै एक रोज्न पाउने भएका छन् । संघीय निजामती सेवा ऐनको मस्यौदामा पेन्सन वा उपदानमध्ये कुनै एउटा रोज्ने अवसरको व्यवस्था गरिएको हो । संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ६१ मा निवृत्तभरणको व्यवस्था राखिएको छ । दफा ६१ को उपदफा ५ मा लेखिएको छ, ‘कुनै निजामती कर्मचारीले २० वर्ष सेवा अवधि नपुग्दै यस ऐन बमोजिम अनिवार्य अवकाश पाउने भएमा त्यस्तो निजामती कर्मचारीको कुल नोकरी अवधिकै आधारमा उपदफा (१) बमोजिम हुने निवृत्तभरण वा दफा ६० बमोजिम हुने उपदानमध्ये जुन लिन चाहन्छ सोही सुविधा दिइने छ ।

उपदफा १ मा २० वर्ष सेवा वा सोभन्दा बढी अवधि सेवा गरेको निजामती कर्मचारीलाई मासिक निवृत्तभरण (पेन्सन) आजीवन पाउने उल्लेख छ । यसरी मासिक निवृत्तभरण दिँदा जम्मा सेवा वर्षलाई अन्तिम महिनाको तलबको रकमले गुणा गर्ने र त्यसको योगफललाई ५० ले भाग गर्दा जति अंक आउँछ, त्यति रकम मासिक पेन्सनको रुपमा सरकारले उपलब्ध गराउँछ । यसैगरी दफा ६० मा पाँच वर्ष वा सोभन्दा बढी सेवा गरेको तर निवृत्तभरण पाउने अवधि नपुगेको निजामती कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने पदबाट हटाइएमा उपदान पाउने व्यवस्था छ ।

पाँच वर्षदेखि १० वर्षसम्म सेवा गरेका कर्मचारीले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलबको रुपमा उपदान पाउने छ । यस्तै १० वर्षभन्दा बढी १५ वर्षसम्म सेवा गरेका कर्मचारीले प्रत्येक वर्षको आखिरी एक महिनाको तलब र १५ वर्षभन्दा बढी २० वर्षभन्दा कम सेवा गरेका कर्मचारीले प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब उपदान स्वरुप पाउने छन् ।

दफा ६१ को उपदफा २ मा लेखिएअनुसार पेन्सनको न्युनतम रकम समान पदको बहालवाला निजामती कर्मचारीको तलबको शुरुको अंकको आधाभन्दा कम र अधिकतम रकम समान पदको बहालवाला निजामती कर्मचारीको तबलको शुरु स्केलभन्दा बढी हुने छैन । १५ वर्ष सेवा अवधि पूरा गरेको कुनै निजामती कर्मचारीको मृत्यु भएमा निजको सेवा अवधिमा बढीमा पाँच वर्ष अवधिसम्म थप गरेर निजको परिवारलाई पेन्सन वा उपदान जुन लिन चाहन्छ सो रोजेर दिइने छ । कर्मचारीको उमेर हद भने ५८ नै कायम गरिएको छ । यसअघि अवकाशको उमेर ६० वर्ष बनाउने तयारी भएको थियो ।

कुनै सरकारी पदमा अघि गरेको सेवा वापत निवृत्तभरण पाइरहेको व्यक्ति पछि संघीय निजामती सेवाको पदमा नियुक्त भएमा निजले पछि गरेको सेवा अवधिमा अघि गरेको सेवा अवधि पनि जोडिने छ र सोही अनुसार पेन्सन पनि लिन पाउने छ । यदि पेन्सन पाइरहेको निजामती कर्मचारीले अन्य मुलुकको नागरिकता लिएको प्रमाणित भएमा पेन्सन पाउने छैन तर गैरआवासीय नेपालीको हकमा भने प्रचलित कानुन बमोजिम हुने संघीय निजामती सेवा ऐनको मस्यौदामा उल्लेख छ । बहालवाला कर्मचारीको तलब वृद्धि भएमा अवकाश प्राप्त कर्मचारीको पेन्सनमा वृद्धि हुने छ । दफा ६२ मा लेखिएको छ, ‘बहालवाला निजामती कर्मचारीको तलव बृद्धि हुँदा तलबको सुरु अंकमा जति भएको छ त्यसको दुई तिहाइ रकम समान पदका सेवा निवृत्त निजामती कर्मचारीको निवृत्तभरणमा पनि थप गरिने छ ।’

कुनै निजामती कर्मचारीको सेवामा छँदै मृत्यु भएमा निजको मृत्यु भएको सात वर्षसम्म र निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा सात वर्ष बाँकी अवधि निजको परिवारलाई उपदान वा निवृत्तभरण दिइने छ । निवृत्तभरण विधुर पति वा पत्नीलेसमेत पाउने व्यवस्था गरिएको छ । तर विधुर पति वा पत्नीले अर्को बिहे गरेमा भने पेन्सन पाउने छैन । निजामती कर्मचारीको पेन्सन पाइरहेको विधुर पति वा विधुवा पत्नीको मृत्यु भएमा वा निजले अर्को बिहे गरेमा त्यस्तो निजामती कर्मचारीको छोरा–छोरीलाई २१ वर्ष उमेर पूरा नभएसम्म पेन्सन रकम सरकारले उपलब्ध गराउने छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।