logo

बढुवाका लागि सम्भाव्य उम्मेदवार निजामती सेवाबाट समायोजन भएका कर्मचारीहरु निजामती सेवाकै लागि मात्र बढुवा हुने

    1424   पटक पढिएको

२६ पुस /अर्थ र व्यापार - निजामती सेवा र स्वास्थ्य सेवाबाट समायोजन भएका कर्मचारीहरु देशभरका सबै रिक्त पदमा बढुवाको सम्भाव्य उम्मेदवार हुन पाउने भएका छन् । तर, सरुवा भने देशभर हुने छैन । संघीय निजामती सेवा ऐनको मस्यौदामा अन्तर सेवामा प्रतिस्पर्धा गर्न सबै स्थानीय तह र सबै प्रदेशका कर्मचारीहरुले पाउने व्यवस्था गरिएको छ । बढुवाका लागि सम्भाव्य उम्मेदवार निजामती सेवाबाट समायोजन भएका कर्मचारीहरु निजामती सेवाकै लागि मात्र बढुवा हुनेछन् । त्यस्तै स्वास्थ्य सेवाबाट समायोजन भएका कर्मचारीहरु स्वास्थ्य सेवाकै माथिल्लो पदमा मात्र बढुवा हुन पाउनेछन् । तर, समायोजन भएर प्रदेश वा स्थानीय तहमा गएका कर्मचारीहरु सरुवा भएर संघमा फर्किने बाटो भने प्रस्तावित मस्यौदाले बन्द गरिएको छ ।

समायोजन भएर प्रदेश वा स्थानीय तहमा जाने कर्मचारीहरुको मुख्य माग नै निश्चित सेवा अवधिपछि संघमा पनि सरुवा भएर आउन पाउनुपर्छ भन्ने छ । कर्मचारीहरुले आफ्ना माग पूरा गराउन दबावमूलक गतिविधि गर्दै आएका छन् । तर, संघीय निजामती सेवा ऐनको मस्यौदामा समायोजन भएका कर्मचारीहरुको सरुवा स्थानीय तहबाट प्रदेश वा प्रदेशबाट केन्द्रमा हुने प्रावधान राखिएको छैन । सरकारले हालै ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था बनेको विधेयक’को मस्यौदा तयार पार्ने काम गरिरहेको छ । अति गोप्य भनिएको उक्त विधेयकको परिच्छेद ४ मा ‘सरुवा र काज’को व्यवस्था छ । त्यसमा समायोजन भएर गएका कर्मचारीहरु संघमा फर्किने बाटो खुलाइएको छैन ।

संघीय निजामती सेवा ऐनको मस्यौदामा लेखिएअनुसार निजामती कर्मचारीलाई सरुवा गर्ने अधिकार तोकिएको अधिकारीलाई हुने छ । तर, एक मन्त्रालय वा संघीय निकाय वा अन्तर्गतको विभाग वा कार्यालयको कर्मचारीलाई अर्को मन्त्रालय वा संघीय निकाय वा अन्तर्गतको विभाग वा कार्यालयमा मन्त्रालयले सरुवा गर्ने छ । यसैगरी नेपाल प्रशासन सेवा, लेखा समूहका कर्मचारीलाई महालेखा नियन्त्रकको कार्यालयले सरुवा गर्ने छ । राजपत्रांकित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीलाई भने नेपाल सरकारले सरुवा गर्ने छ ।

सबै भौगोलिक क्षेत्रमा पद नभएका सेवा, समूह र श्रेणी वा तहका कर्मचारीहरुलाई पद भएका क्षेत्रमा वस्तुगत मापदण्ड बनाएर सरुवा गर्न सकिने मस्यौदा विधेयकको दफा २२ को उपदफा ४ मा व्यवस्था गरिएको छ । सरुवा गर्दा राजपत्रांकित विशिष्ट र प्रथम श्रेणी वा सो सरहका कर्मचारीलाई सामान्यताः कम्तिमा एक वर्ष र सोभन्दा मुनिका कर्मचारीलाई दुई वर्ष पूरा नभई अर्को कार्यालयमा सरुवा गरिने छैन । तर, परराष्ट्र सेवा अन्तर्गतका कर्मचारीको सरुवा सम्बन्धी व्यवस्था सेवा समूहसम्बन्धी नियम बमोजिम हुने मस्यौदामा उल्लेख छ । गत मंसिर २३ गते जारी भएको कर्मचारी समायोजन अध्यादेश–२०७५ मा सरुवा र बढुवा जुन प्रदेश वा स्थानीय तहमा समायोजन भएको हो, त्यहीँ मात्रै हुने व्यवस्था रहेको भन्दै कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् ।

यसबाट आफूहरुको वृत्ति विकासको बाटो बन्द भएको भन्दै कर्मचारीहरुले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन् । साथै समायोजन फारम नभर्ने लगायतका अडानसमेत राख्दै आएका छन् । यसअघि प्रदेश वा स्थानीय तहमा समायोजन भएकाहरुलाई केही पदमा मात्र बढुवाको अवसर दिने वा दिँदै नदिने भन्ने छलफल चलेको थियो । किनभने, समायोजन भएका कर्मचारीहरुलाई स्थानीय र प्रदेशमा पनि बढुवाको अवसर तथा संघमा पनि बढुवाको अवसर दिँदा दोहोरो सुविधाको अवसर हुने भन्दै कतिपयले यस्तो व्यवस्था उपयुक्त नहुने तर्क गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।