logo

कर्मचारी समायोजन फारम भर्न आह्वानसहित सूचना जारी गर्ने सरकारको तयारी

    1586   पटक पढिएको

११ पुस /अर्थ र व्यापार  - सरकारले निजामती कर्मचारी समायोजनका लागि देशभर १ लाख ३८ हजार १७८ दरबन्दी कायम गरेको छ । संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दी कायम भएको हो । दरबन्दी निश्चित भएकाले बुधबार नै कर्मचारी समायोजन फारम भर्न आह्वानसहित सूचना जारी गर्ने तयारी सरकारले गरेको छ । त्यसका लागि दिउँसो साढे २ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पत्रकार सम्मेलन आयोजना गरेका छन् । मुख्यसचिवदेखि सबै मन्त्रालयका सचिवहरुलाई समेत पत्रकार सम्मेलनमा बोलाइएको छ ।

मन्त्री पण्डितका अनुसार समायोजन फारम अनलाइनमार्फत भर्न सकिन्छ र कुन कर्मचारीलाई कहाँ खटाइएको भन्ने जानकारी पनि अनलाइनमार्फत् नै हुनेछ । त्यसका लागि सामान्य प्रशासन मन्त्रालयले सफ्टवेर निर्माण गरेको छ । त्यहाँ कर्मचारीहरुले आफ्नो विवरण इन्ट्री गरेर आफू समायोजन हुन चाहेको तह रोज्न पाउने छन् । तर, समायोजनको आधार जेष्ठतालाई मानिएकाले जेष्ठ कर्मचारीले रोजेर बाँकी रहेका ठाउँमा मात्र अन्य कर्मचारीहरुको पदस्थापन हुनेछ ।

सरकारले यसअघि कर्मचारी समायोजन अध्यादेश ल्याएको थियो । मंसिर २३ गते राजपत्रमा प्रकाशित अध्यादेशमा संघीय संसदका दुवै सदनमा बुधबारदेखि छलफल सुरु हुँदैछ । अध्यादेश जारी भएको ६ महिनाभित्र संसदले पारित गर्नुपर्ने हुन्छ । कतिपय कर्मचारीहरुले अध्यादेशमा आफूहरुको वृत्तिविकासमा बाधा पुग्ने खालका प्रावधान पनि रहेको भन्दै त्यसलाई सच्याउनुपर्ने माग गर्दै आएका छन् । स्थानीय तहका कर्मचारीहरुले त अध्यादेशको विरोधमा आन्दोलनसमेत गर्दै आएका छन् । तर, मन्त्री पण्डितले भने वृत्तिविकासमा बाधा पुग्ने खालको व्यवस्था नभएको अभिव्यक्ति दिँदै आएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।