logo

पाँचबुँदे प्रतिवद्धता पत्र जारी गर्दै नेपाल निर्माण व्यवसायी महासंघको आन्दोलन फिर्ता

    1573   पटक पढिएको

१६ पुष / अर्थ र व्यापार - निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निमाण व्यवसायी महासंघले आन्दोलन फिर्ता लिएको छ । महासंघले बुधबार पत्रकार सम्मेलन गर्दै आन्दालनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएको बताएको हो ।

नेपाल सरकारबाट जारी गरिएको सार्वजनिक खरिद नियमावली, २०६४को नवौं संशोधनले निर्माण व्यवसायीहरुले उठाउदै आएका केही महत्वपूर्ण मागहरु पूरा गरेकोले आन्दोलन फिर्ता लिएको बताइएको छ । महासंघले उठाउँदै आएका एजेण्डाहरु मध्ये दुई एजेण्डामा पुरा भएको महासंघका अध्यक्ष रवि सिंले बताए ।

नवौ संशोधनले म्याद सकिएर विभिन्न कारणले अलपत्र भएका आयोजनाहरुमा निर्माण व्यवसायीहरुलाई थप एक वर्ष काम सम्पन्न गर्ने अवसर दिनु अत्यन्त सकारात्मक कदम भएको यस महासंघको ठहर छ । उनीहरुले ‘सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका केही बुँदामा आपत्ति जनाउँदै धर्ना दिँदै आएका थियो ।

निर्माण व्यवसायीहरुले विकास आयोजनाहरुको म्याद थप, बैंक क्रेडिट लाइन लगायतका २५ बुँदे माग सम्बोधन गर्नका लागि सरकारलाई दबाब दिन आन्दोलन गर्दै आएका थिए । अब सरकारले सार्वजनिक गरेको नवौं शंसोधन कार्यान्वयन हुनेमामा आफुहरु विश्वस्त रहेको सिंहको भनाइ छ ।

व्यवसायीहरुले ससरकार समक्ष पाँच बुँदे प्रतिवद्धताहरु समेत गरेका छन् । प्रतिवद्धताहरुमा १५ हजार निर्माण व्यवसायी सदस्यहरुलाई यथाशिघ्र काम सुरुवात गरी समयभित्र सम्पन्न गर्न सकुलर जारी गरिने, निर्माण व्यवसायीले बाकी कार्य सम्पन्न गर्न पेश गरेको कार्य तालिका अनुसार कार्य सम्पन्न गर्नु पर्ने र उक्त अवधिभित्र कार्य सम्पन्न नगर्नेको हकमा ठेक्का तोडी धरौटी जफत गरी कानून बमोजिम कारवाही गर्ने कायमा महासंघका सहयोग र सहमति रहने जनाइएको छ ।

यस्तै, म्याद थप भएर पनि काम नगर्ने निर्माण व्यवसायीहरुलाई कारवाही गर्न सिफारीस गरिने, म्याद थप भएको समयमा सम्बन्धित निर्माण व्यवसायीले काम गरेको छ छैन सो समेतको अनुगमन गर्ने, म्याद थप गर्दा नेपाल निर्माण व्यवसायी महासंघको सिफारीस समेत अनिवार्य हुनुपर्ने लगायत रहेका छन् ।

महासंघले अन्य २३ वटा मागहरू यथावथ राखेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।