logo

दोस्रो टर्मिनल भवन बनाउने तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

पहिलो चरणको परियोजना अन्तर्गत ९२.५ प्रतिशत भौतिक काम सम्पन्न 

    1646   पटक पढिएको

६ असोज/अर्थ र व्यापार– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा दोश्रो टर्मिनल भवनको निर्माणको तयारी सुरु भएको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा प्रस्तावित डिजाइनका विकल्पसहित ग्राफिक्सहरू राख्दै दोश्रो टर्मिनल भवनको निर्माणको तयारी सुरु भएको बताएका हुन् ।  

थप १० वटा विमान पार्किङ गर्न सकिने गरी दोस्रो टर्मिनल भवन बनाउने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए । दोस्रो टर्मिनल भवनको डिजाइन परामर्शदाता कम्पनी आईसीटी एनएक्स स्लेटले गरिरहेको छ ।

भैरहवा विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले विमानस्थल आयोजनाको पहिलो चरणको परियोजना अन्तरगत ९२.५ प्रतिशत भौतिक काम सम्पन्न भएको बताएका छन् । आयोजनाको वित्तीय प्रगति भने ६३ प्रतिशत पुगेको छ । 

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । उपकरण जडानसहित दोस्रो चरणको काम भने एरोनटिकल रेडियो अफ थाइल्याण्डबाट भइरहेको छ ।

नेपालमा विदेशी नागरिकका लागि लागेको यात्रा प्रतिवन्धका कारण चिनियाँ प्राविधिक र इन्जिनियर आउन नसक्दा बाँकी काम रोकिएको आयोजना प्रमुख अधिकारीले बताए ।  

पर्यटन मन्त्री भट्टराईले पनि यो आयोजनाका लागि रोकिएको कामदार ल्याउन संकट व्यवस्थापन केन्द्रको सिफारिस माग्दै प्रस्ताव गरिसकेका छन् ।

ती उपकरण जडानपूर्व तयार हुनुपर्ने भौतिक संरचना बनिरहेको छ । विदेशी इन्जिनियर र प्राविधिक नेपाल आइसकेपछि ती उपकरण जडान हुने उनले जानकारी दिएका छन् । आयोजनाको वित्तीय प्रगति भने ६३ प्रतिशत पुगेको छ ।

लकडाउनकै बीचमा समेत २९ चिनियाँ नागरिकसहित २७५ जना कामदारले निरन्तर काम गरेका छन् ।

डिसेम्बर २०१७ मै सम्पन्न हुने गरी डिसेम्बर २०१४ बाट शुरु भएको आयोजना ठेकेदारहरुबिच बिबाद, निर्माण सामग्रीको अभाव, भूकम्प र नाकाबन्दी जस्ता विविध कारण देखाउँदै म्याद थपिँदै आएको छ ।

एसियाली विकास बैंकको सहूलीयतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको लागत  ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँ रहेको छ ।  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।