logo

इ–पेमेन्ट प्रणालीमा आवद्ध हुन सेवा प्रदायकलाई महानगरको आह्वान

    1407   पटक पढिएको


७ असोज अर्थ र व्यापार– राजस्व संकलनको अवस्थाबारे तत्काल अद्यावधिक हुन तथा पारदर्शी बनाउने योजनाअनुरुप महानगरले राजस्व निर्धारण तथा संकलनसम्बन्धी प्रणाली सञ्चालनमा ल्याएको छ ।

महानगरको सातौं नगरसभा बैठकले ३२ मध्ये १० वटा वडामा विद्युतीय भुक्तानी सेवा सुरु गर्ने निर्णय गरेको छ । सोहीबमोजिम विद्युतीय भुक्तानीका प्लेटफर्महरु संचालनमा ल्याएका कम्पनीहरुलाई निःशुल्क प्रणालीमा आबद्धताका लागि महानगरले आह्वान गरेको हो ।

उक्त प्रणालीमा निःशुल्क आवद्ध हुन चाहने विद्धुतीय भुक्तानी सेवा प्रदायकलाई सात दिनभित्र सम्पर्क गर्नका लागि महानगरको राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरेको छ ।

हाल नेपालमा इसेवा, सेल पे, खल्ती, कनेक्ट आइपीएसलगाएतका वित्तीय संस्थाहरुले विद्युतीय भुक्तानी सेवा दिइरहेका छन् । 

अनलाइन माध्यमबाट राजस्व निर्धारण तथा संकलनसम्बन्धी प्रणाली सञ्चालनमा आएपछि दैनिक कुन क्षेत्र र शीर्षकमा कति राजस्व संकलन भयो, कति कर उठाउन बाँकी छ, भन्ने तथ्याङ्क आउने भएकाले काम गर्न सहज हुने महानगरपालिकाको बिश्वास छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।