logo

स्थलमार्गबाट नेपाली धागो आयातमा लगाएको प्रतिबन्ध बंगलादेशद्वारा सशर्त फुकुवा

    1647   पटक पढिएको

२५ पुस/अर्थ र व्यापार - स्थलमार्गबाट नेपाली धागो आयातमा  लगाउँदै आएको प्रतिबन्धलाई बंगलादेशले सशर्त फुकुवा गरेको छ । बंगलादेशको नेशनल बोर्ड अफ रेभेन्यु (एनबीआर)ले  बंगलाबन्ध स्थल भन्सार नाकाबाट नेपालमा उत्पादित धागो आयात गर्न दिने निर्णय गरेको हो ।

बंगलादेशी संचारमाध्यमका अनुसार यो प्रतिबन्ध एक वर्षको लागी मात्र फुकुवा गरिएको छ । स्वदेशी उद्योगलाई संरक्षण गर्न बंगलादेशले सन् २००२ देखि बेनोपोल स्थल भन्सार नाका र  समुद्री मार्गबाट मात्र धागो आयात गर्न पाउने प्रावधान लागू गरेपछि नेपालबाट धागो निर्यातमा अघोषित प्रतिबन्ध लागेको थियो । बंगलादेशसँग बंगलाबन्ध र फुलबारीस्थल भन्सार नाकाबाट आयात निर्यात कारोबार हुँदै आएको छ ।

नेपाल धागो उद्योग संघका अध्यक्ष पवन गोल्यानले प्रतिबन्ध फुकुवा स्वदेशी उद्योगको लागी सुखद उपलब्धी भएको बताए । उनले भने, हामीले वर्ष दिनमै पाँच अर्ब रुपैयाँ बराबरको ऊन बंगलादेश निर्यात गर्न सक्ने संभावना छ । ठूलो परिमाणमा पूँजी ,श्रम र उर्जा खपत हुने भएकोले धागो उद्योग पूर्ण क्षमतामा संचालन हुनु आवश्यक छ । स्वदेशी उद्योगले हाल वार्षिक करिब ११ अर्ब रुपैयाँ बराबरको धागो निर्यात गरिरहेका छन् । एक्रेलिक यार्न (ऊन),भिस्कस यार्न, पोलिष्टर भिस्कस, डाइड यार्न (रंगिन धागो) निर्यात हुन्छ ।

बंगलादेश निर्यातको बाटो खुलेसँगै सरकारले धागो र कपडा उद्योगलाई उपलब्ध गराउने घोषणा गरेको विशेष सुविधा कार्यान्वयनमा ल्याए दुई वर्षभित्र धागोको निर्यात दोब्बर बनाउन संभव रहेको अध्यक्ष गोल्यानले बताए । बंगलादेशमा सोमबार मात्रै नयाँ सरकारको गठन भएकोले औपचारिक जानकारी प्राप्त हुन दुई साताको समय लाग्न सक्ने  बंगलादेशी समकक्षीलाई उद्घृत गर्दै संघले जानकारी दिएको छ । उद्योगीका अनुसार धागो र कपडा उद्योगमा कच्चा पदार्थबाट तयारी वस्तु उत्पादन गर्ने प्रकृयाबाट ४० देखि ५० प्रतिशतसम्म मूल्य अभिवृद्धि (भ्यालु एडिशन) भइरहेको छ । रंगिन धागो उत्पादनमा ६० प्रतिशत सम्म मूल्य अभिवृद्धि हुन्छ ।

सरकारले स्वदेशी धागो तथा कपडा उद्योगलाई प्रोत्साहन गर्न बिजुली महशुलमा पचास प्रतिशत र बैंक ब्याजमा पाँच प्रतिशत सहुलियत दिएकोले बंगलादेशको बजारमा मूल्य प्रतिस्पर्धा सामना गर्न सकिनेमा धागो उद्योग संचालक विश्वस्त छन् । यो बाहेक निर्यातजन्य उद्योगलाई निर्यात प्रोत्साहन वापत थप रकम समेत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सन् २०१७ देखि नै नेपाली व्यवसायीले बंगलादेशको पञ्चगढस्थित तेतुलिया नाका(बंगलाबन्ध)बाट निर्यातको सुविधा दिन माग गर्दै आएका थिए । बंगलादेशको विदेश मन्त्रालय र वाणिज्य मन्त्रालयले समेत नेपालबाट एक्रेलिक धागो आयातमा प्रतिबन्ध हटाउन आग्रह गरेपछि २८ डिसेम्बरमा एनबीआरले सरोकारवालासँग यसबारे छलफल गरेको थियो ।

नेपालमा सुती धागोको उत्पादन नहुने भएकाले बंगलादेशी सुती धागो उत्पादकलाई असर नपर्ने निष्कर्ष सहित प्रतिबन्ध फुकुवा गरिएको एनबीआरलाई उद्घृत गर्दै बंगलादेशी संचार न्युएजले उल्लेख गरेको छ ।एनआरबीले सन् २०२० जनवरीमा पुनःमूल्यांकन गरेर प्रतिबन्ध फुकुवाको म्याद थप्नेरनथप्ने बारे निर्णय लिनेछ । मूल्यांकन समितिमा बंगलादेश कपडा उद्योग संघ, बंगलादेश उद्योग वाणिज्य महासंघसमेतको सहभागिता रहने छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।